आइत, असार ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home कृषि

आलुको बिउ उत्पादन गर्ने कार्य

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
आलुको बिउ उत्पादन गर्ने कार्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सिन्धुपाल्चोक। आलुबाली विकास केन्द्र निगाले सिन्धुपाल्चोकले माटोरहित ‘एरोपोनिक्स’ प्रविधिमार्फत आलुको बिउ उत्पादन गर्ने कार्य थालेको छ । केन्द्रको रजत जयन्तीका अवसरमा उक्त प्रविधिबाट बिउ उत्पादन गर्न थालिएको हो ।

विसं २०३२ मा न्युक्लियस बिउ आलु उत्पादनका लागि स्थापना भएको आलुबाली विकास केन्द्र निगाले सिन्धुपाल्चोकले स्थापनाकालदेख नै गुणस्तरयुक्त बिउ आलु तथा आलुको बियाँ उत्पादन गरी देशभरका कृषक समुदायमा बिउ एवं प्रविधि हस्तान्तरण गर्दै आएको छ । उक्त प्रक्रियामार्फत आलु उत्पादन तथा उत्पादकत्व बढाई पोषण तथा खाद्य सुरक्षाको सुनिश्चितता र गरिबी निवारणमा सो केन्द्रले टेवा पुर्‍याउँदै आएको छ ।

स्थानीय जात र विभिन्न देशका आलुको जातबाट ‘टिस्युकल्चर’ प्रविधिमार्फत नयाँ पुस्ताको बिउ उत्पादन गर्दै आएको आलु बाली विकास केन्द्रले आलु बालीको पिबिएस र टिपिएस तथा विभिन्न पुस्ताका बिउ उत्पादन गरी बिक्रीवितरण गर्दै आएको केन्द्रका प्रमुख अरुण खनालले जानकारी दिनुभयो । आलु बालीको जातीय संरक्षण र संवर्धन गर्ने, आलु बालीका समस्या परीक्षण गर्ने, बिउ आलु उत्पादक कृषकलाई प्राविधिक सेवा, बिउ आलुको गुणस्तर नियन्त्रण तथा सुपरिवेक्षण जस्ता विभिन्न सेवा दिँदै आएको उहाँले जनाउनुभयो ।

लिसङ्खुपाखर गाउँपालिका–५, मुडेस्थित निगाले बजारमा अवस्थित केन्द्रले समुद्री सतहभन्दा दुई हजार ५५० मिटर उचाइमा १०८ रोपनी १३ आना आफ्नै जग्गा र १७.५ रोपनी भाडाको जग्गामा कार्य गर्दै आएको छ । केन्द्रले रोजिटा, कार्डिनल, जनकदेवलगायत विभिन्न जातका आलु बालीसम्बन्धी काम गर्दै आएको छ ।

रोजिटा आलु मुडेको ‘ब्रान्ड’ भनेर नेपालभर चिनिएको छ । सो केन्द्रले स्थानीयस्तरका प्राविधिक, अगुवा कृषक, आलुमा क्षमता वृद्धि गर्दै आएको छ । उक्त केन्द्रको ५० औँ वार्षिकोत्सव (स्वर्ण जयन्ती), फार्म डे तथा प्रविधि प्रदर्शन कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सहसचिव डा. जानुका पण्डितले स्थानीय र रैथाने जातका आलुको संरक्षण र संवर्धन गर्न मन्त्रालय लाग्ने र मातहतका कार्यालय पनि लाग्नुपर्ने धारणा राख्नुभयो ।

मुडेमा उत्पादित रोजिटालगायतका स्थानीय र रैथाने आलुलाई ‘गे्रडिङ’ र ‘ब्रान्डिङ’ गरी बाहिरी मुलुकबाट आयात हुने आलुलाई विस्थापित गर्नुपर्ने उहाँले जनाउनुभयो । त्यसका लागि मन्त्रालय नीतिगत र पूर्वाधारमा सहयोग दिन सदैव तयार रहेको मन्त्रालयकी प्रवक्तासमेत रहेकी पण्डितले जनाउनुभयो । मुडे आसपासका क्षेत्रबाट वार्षिक ७१ करोड रुपियाँ बराबरको आलु निर्यात हुने गर्छ ।

लिसङ्खुपाखर गाउँपालिकाकी उपाध्यक्ष मिठुदेवी लामाले मुडे र अन्य पालिकाका विभिन्न स्थानमा कृषकले उत्पादन गरेका आलुलगायतका कृषि उपजको चिस्यान केन्द्र स्थापना गरेको र केन्द्र छिटै सञ्चालनमा आउने जानकारी दिनुभयो । कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्दै कृषि, पशुपालनमा गाउँपालिकाले कृषकलाई अनुदानलगायतको सहयोग गर्दै आएको लामाको भनाइ छ ।

कार्यक्रममा ५० भन्दा बढी जातका आलुका परिकार प्रदर्शनी गरिएको छ । आलु उत्पादन गरेर आत्मनिर्भर हुने कृषक, केन्द्रका पूर्वकर्मचारीलगायतलाई सम्मान गरिएको छ ।

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

यी स्थानमा भारी वर्षाको सम्भावना

५४ मिनेट अगाडि
मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

दक्षिण कोरियालाई पराजित मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरी खेल्याे

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक