सोम, भदौ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माकुने विराटनगर जग्गा प्रकरणमा मुछिए

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
माकुने विराटनगर जग्गा प्रकरणमा मुछिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काभ्रेको पतञ्जली जग्गा प्रकरणमा ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग जोडिएको विराटनगर जग्गा प्रकरण अहिले चर्चामा आएको छ।

२०६६ साल जेष्ठ ११ गते प्रधानमन्त्री भएका नेपाल नेतृत्वको सरकारले एक प्रयोजनका लागि रहेको जग्गा अर्को प्रयोजनका लागि बिक्री खुला गरेको विषयले विराटनगरमा चर्चा पाएको हो। नेपाल २०६६ साल जेठ ११ देखि २०६७ माघ २२ गतेसम्म प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका थिए।

विराटनगर महानगरपालिकाको वडा नम्बर- २ को शंकरपुरस्थित सोमबारे हाटबाट परिचित सो स्थानमा पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालले ‘रिजाल टासी कम्पनी’ मार्फत ‘क्यानिंङ कम्पनी प्रालि’ खडा गरी करिब साढे ३ बिघा क्षेत्रफलको जग्गा कृषि प्रयोजनका लागि (फलफूल खेती) लिएका थिए। स्थानीयका अनुसार रिजाल टासीले जुस र फलफूल उत्पादन गर्ने उद्देश्यसहित आँप बगैँचा बनाएको थियो, जुन केही वर्षअघिसम्म पनि कायम थियो।

२०७४/०७५ सालको पहिलो स्थानीय तह निर्वाचनबाट निरन्तर वडाध्यक्ष रहेका कुमार पोखरेलका अनुसार, रिजाल टासी कम्पनीको सो जग्गा सट्टाभर्ना गरी हाल बिक्रीसमेत गरिसकिएको छ। ‘यो विषय पनि झापाको गिरीबन्धु टि स्टेट झैँ हो,’उनले भने, “तत्कालीन समय रिजाल परिवारले फलफूल खेतीका लागि रिजाल टासी कम्पनीमा हदबन्दीको जग्गा हाल मोरङको मोतिपुरतर्फ अर्को जग्गा देखाएर सट्टा गरेका हुन्। कानूनतः यो नमिल्ने कुरा हो। हामी निर्वाचित भएर आउनुअघिकै कुरा हो।’

वडा कार्यालयका एक सदस्यका अनुसार, माधवकुमार नेपाल प्रधानमन्त्री भएको समय २०६६ साल जेठ ११ गतेको मन्त्रिपरिषद्को निर्णयले कम्पनीको जग्गा हदबन्दी गरी पुनः रिजाल परिवारलाई बिक्रीका लागि खुला गरिदिएको हो।

त्यसपछि हाल सो जग्गामा एउटा अस्पतालसमेत बनेको बताउँदै उनले भने, “हाल कम्पनीको जग्गामा व्यापारी, उद्योगीले खरिद बिक्री गरेका छन्। जसमा संविधान सभा सदस्य पवन सारडादेखि विशाल समूह, मुरारका समूहको जग्गा रहेको छ।” सो जग्गामा मोरङ सहकारी अस्पतालले करिब ९ कट्ठा जग्गामा संरचना तयार बनाएर सञ्चालनमा ल्याइसकेको छ।

स्थानीयका अनुसार, पछिल्लो समय जग्गाको मूल्याङ्कन आकाशिएसँगै रिजाल परिवारले तत्कालीन प्रधानमन्त्री नेपालको समयमा जग्गा सट्टाभर्ना गर्दै जग्गा आफ्नो पक्षमा पारेका हुन्। प्रधानमन्त्री नेपाल हुँदा उनको मन्त्रिपरिषद्मा भूमिसुधारमन्त्री डम्बरबहादुर श्रेष्ठ र भूमिसुधार सचिव छविराज पन्त थिए। यस प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालको निर्णयमाथि नैतिक र कानुनी प्रश्न उठ्न थालेको छ।

यो पनि पढ्नुहोस्

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

३ घण्टा अगाडि
आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

विपद् प्रभावित क्षेत्रमा उद्धार कांग्रेश पार्टीकाे निर्देशन

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाका यी ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने

सबैभन्दा भारी बर्षा स्याङजामा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

नेपालको संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक