काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ स्थित मसिनेमा कार पुरिएको छ ।
शनिवार राति बा.५ च ११४५ नम्बरको कार मसिने स्थित पहिरोमा पुरिएको हो ।
मसिनेबाट थानकोट तर्फ जाँदै गरेको कारलाई प्रहरीले पहिरो पन्छाएर निकालेको छ ।
कारमा सवार यात्रुलाई पनि उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


