सोम, भदौ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आदिवासी जनजातिहरूले अमेरिकाको मौलिक संस्कृति प्रस्तुत

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
आदिवासी जनजातिहरूले अमेरिकाको मौलिक संस्कृति प्रस्तुत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

न्यूयोर्क । नेपालका विभिन्न आदिवासी जनजातिहरूले अमेरिकाको न्यूयोर्कमा आफ्नो मौलिक संस्कृति प्रस्तुत गरेका छन् ।  न्यूयोर्कको उडसाईडमा नेपाल आदिवासी जनजाति महासङ्घ (फिप्ना) अमेरिकाले शुक्रबार आयोजना गरेको वृहत् आदिवासी जनजाति सांस्कृतिक साँझमा १८ वटा आदिवासी जनजातिहरूले आफ्नो मौलिक संस्कृति र नृत्य प्रस्तुत गरेका हुन् ।

डम्फु र टुंगना बजाउँदै तामाङ सेलो र ढोलक बजाउँदै नाचिएको सोई ढोले सोईले नेपालको सांस्कृतिक विविधतालाई अमेरिकामा जीवन्त बनाएको थियो । त्यस्तै कुमारी नाच, शेर्पा नाच सँगै मगर संस्कृति झल्किने नृत्यले कार्यक्रमलाई रोचक बनाएको थियो । कार्यक्रममा सहभागीहरू आआफ्नो मौलिक भेसभुसामा उपस्थित भएका थिए ।

औपचारिक कार्यक्रम भन्दा फरक शैलीमा गरिएको सांस्कृतिक साँझमा देखाइएको प्रस्तुतिलाई नेपाली एवं अमेरिकी सहभागीहरूले निकै रुचीका साथ अवलोकन गरेका थिए ।

सन् २००५ मा स्थापना भएको नेपाल आदिवासी जनजाति महासङ्घ न्यूयोर्कको सबैभन्दा ठुलो नेपाली संस्थाको रूपमा रहेको छ । जसले १८ वटा विभिन्न जातीय संस्थाहरूलाई आफ्नो छाता मुनी राखेको छ । ग्लोबल जनजाति महासङ्घको नाममा गठन भएको यो संस्था सन् २००७ मा नेपाल आदिवासी जनजाति महासङ्घ बनेको हो । महासङ्घले नेपालको कला, संस्कृति, भेसभुसा, परम्परा र भाषा संरक्षण, सम्बद्र्धन एवं पुस्तान्तरणमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ भने नेपालमा विभिन्न परिस्थितिमा सहयोग गरिरहेको छ ।
महासङ्घले गत वर्षदेखि वृहत् आदिवासी जनजाति सांस्कृतिक साँझ गर्न सुरु गरेको हो । कार्यक्रममा फिप्नामा आबद्ध सबै संस्थाहरूले छुट्टै पहिचानसहितको प्रस्तुति दिएका थिए ।  फिप्नाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सञ्चालन भएको सांस्कृतिक साँझको समन्वय एवं व्यवस्थापन महासचिव दीपक चौधरीले गर्नु भएको थियो ।

कार्यक्रममा न्यूयोर्क महानगरका स्थानीय प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । फिप्नालाई न्युयोर्क महानगर डिस्टीक ३० का काउन्सिल म्यान रोबर्ट होल्डेनले सर्टिफिकेट अफ रिकग्नीसन हस्तान्तरण गरेका थिए ।

फिप्नाका अध्यक्ष गुरुङले अमेरिकामा रहे पनि आफ्नो भाषा, संस्कृति र परम्परालाई निरन्तरता दिने भन्दै दोश्रो पुस्तालाई पनि आफ्नो संस्कृतिप्रति गर्व गर्ने वातावरण बनाउने दाबी गरे ।

उनले भाषा, संस्कृतिको पुस्तान्तरण अहिलेको चुनौती भएकाले त्यसका लागि फिप्ना यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताए। त्यस्तै महासचिव दीपक चौधरीले सम्पूर्ण संघसंस्थाहरुलाई अझै सक्रिय भएर लाग्न आग्रह गर्दै त्यसको नेतृत्वका लागि फिप्ना सधै तयार रहेको बताए । उनले कार्यक्रमलाई सभ्य र भव्य बनाउन साथ दिने स्थानीय सङ्घसंस्था एवं फिप्नाका सदस्य संस्थाहरूलाई विशेष धन्यवाद ज्ञापन गरे ।

फिप्नाका वरिष्ठ उपाध्यक्ष पेमा लामाले स्वागत गरेको कार्यक्रमको समापनमा कलाकार एवं प्रायोजकहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रम समापन गर्दै अध्यक्ष गुरुङले जुलाई ९ मा न्यूयोर्कमा आदिवासी जनजाति दिवसको आयोजना गरिएको र यो दिवसलाई ऐतिहासिक बनाउन सबैलाई आग्रह गरे ।

यो पनि पढ्नुहोस्

इजिप्टले पेट्रोलको मूल्य बढायो

पेट्रोलियम पदार्थको मूल्य यथावत हुने

३ घण्टा अगाडि
भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाका यी ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने

सबैभन्दा भारी बर्षा स्याङजामा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

नेपालको संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक