मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विपद्म जोखिम घरमा रातो झण्डा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
विपद्म जोखिम घरमा रातो झण्डा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दोधारा चाँदनी । टिनले छाएका कच्ची घर, छानोमा रातो झण्डा हावाको गतिसँगै फहराइरहेका छन् । झण्डामा विभिन्न सङ्केत पनि बनाइएका छन् । बस्तीका सबै घरमा देखिने यी झण्डाले केही सङ्केत गरेको छ ।

यहाँका स्थानीयहरूले विपद्सँग जुध्न गरेको पूर्वतयारीको एउटा अभ्यास हो । जसले उनीहरूलाई विपद्मा खोज तथा उद्धार गर्दा कसलाई बढी प्राथमिकता दिने भन्ने सङ्केत गरेको छ । “यहाँका सबै घरमा रातो झण्डा गाडिएको छ बालबालिका भएको घरमा बालबालिकाको चित्र, अपाङ्ग भएकाका घरमा अपाङ्गताको चित्र र बालबालिका र वृद्धवृद्धा नभएका घरमा सादा झण्डा राखिएको छ ।” यहाँका स्थानीय रुपा सुनारले भनिन्, “बाढी आएको बेला यहाँ उद्धारमा आएकालाई कुनलाई प्राथमिकता दिने र उद्धार गर्न सजिलो हुन्छ ।” तीनतिर जोगबुडा नदी र अर्कातर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ ।

कञ्चनपुरको दोधराचाँदनी–१० सहित सातवटा वडालाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सरकारको घोषणासँगै यहाँका स्थानीय विपद्सँग जुध्न आफैँ पूर्वतयारीमा जुटेका छन् । उनीहरूले विपद् जोखिम नक्साङ्कन गरी त्यसका आधारमा घरमा राता झण्डा लगाएका हुन् । जसमा बालबालिका, अपाङ्गता, अशक्त, सुत्केरी तथा ज्येष्ठ नागरिकको सङ्केत बनाइएको छ । यसले बाढीको समयमा उद्धारकर्मीलाई कुन घरमा कस्ता व्यक्ति छन् ? कसलाई प्राथमिकता दिने भनेर थाहा पाउन र सोही आधारमा उद्धार गर्न सहज हुने स्थानीय बताउँछन् ।

निर्मला सुनारका अनुसार विपद्को उच्च जोखिममा रहेका बस्तीको पहिचान गरेर त्यसको पूर्वतयारीमा लागेका छौँ । सबै घरमा देखिने स्थानमा विभिन्न सङ्केतका झण्डा राखेका छौँ, यसले विपद्मा उद्धार गर्न सहयोग पुर्याउँछ । उनले सरकारले दोधारा चाँदनीका तीन वडालाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको बताउँदै ती जोखिममा रहेका बस्तीमा पूर्वतयारीमा लागेको जनाइन् ।

उनका अनुसार यहाँका कुतियाकवर, शान्ति टोल, सुर्खेती टोल, अठार नम्बर पिलर बस्ती, सुन्दरनगर, कञ्जभोज, बडुवाल टोल, ढकनाघाट, प्रगति टोल र पटराखल्ला लगायत बस्तीमा स्थानीयहरू पूर्वतयारीमा जुटेका छन् । दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले विपद्को पूर्वतयारीअन्तर्गत बाढीको जोखिममा रहेका बस्तीका घरमा साङ्केतिक रातो झण्डा राखिएको जानकारी दिनुभयो । त्यहाँका ४५ घरमा रातो झण्डा राखिएको छ । जोगबुडा र महाकाली दुवै नदीले कटानका कारण यहाँका तीन वडा हरेक वर्ष प्रभावित हुँदै आएका छन् । ४९ परिवारको बसोबास रहेको कुतियाकवर बस्तीमा अहिले ३९ परिवारको बसोबास छ । बाढीकै कारण केही भारत पसेका छन् भने केही सुरक्षित स्थान खोज्दै अन्यत्र पलायन भएका छन् ।

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ । विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि नगरसित जोडिएको कुतियाकवरमा बर्सेनि जोगबुढा र महाकाली नदीले जमिन कटान हुँदै आएको छ । करिब ५० बिघा क्षेत्रफल रहेको बस्ती हरेक वर्ष हुने कटानले साघुँरिँदै गएको छ ।

यो पनि पढ्नुहोस्

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

४ घण्टा अगाडि
विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार

विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

यस्ताे छ माैसम

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक