काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोधकै बिच प्रतिनिधि सभाको बैठक सुरु भएको छ । दुई दलको अवरोधबीच सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरे तथा नेकपा एमालेको योगेश भट्टराईलाई बोल्ने समय दिएका थिए । संसदमा नेताहरुले बोलिरहेपनि रास्वपाले पनि वेल घेराउ गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने माग गर्दै आएका प्रतिपक्ष दलहरु संसद अवरुद्द गर्दै आएका थिए । तर शुक्रबार नेकपा माओवादीले अडान छाडेर सत्तापक्षसँग सहमती गरेपछि अहिले रास्वपा र राप्रपाले मात्रै विरोध गरिरहेका छन् ।


