काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-३ स्थित नारायणी अस्पताल वीरगंजको पश्चिम गेट छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-५ कसेरी घाटस्थित सेती नदीमा सोही नगरपालिका-८ संगमटोल बस्ने ५२ वर्षीया रूपमाया कुमाल शनिबार मृत अवस्थामा फेला परेकी छिन् । कञ्चनपुर, पुनर्वास नगरपालिका-३ रामबस्तीस्थित सडक किनारमा सोही नगरपालिका-१ शिविर टोल बस्ने ५० वर्षीय सुर्जे दमाई शनिबार मृत अवस्थामा फेला परेका छन् ।
रौतहट, राजपुर नगरपालिका-४ राजपुर टोल बस्ने ४० वर्षीय शेख असलम आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


