सोम, जेष्ठ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home कृषि

मलबिना नै रोपाइँ गर्न किसान बाध्य

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
मलबिना नै रोपाइँ गर्न किसान बाध्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ। मनसुन सक्रिय भएर वर्षा हुन थालेपछि देशका अधिकांश स्थानमा धान रोपाइँ सुरु भएको छ । तथापि अघिल्ला वर्ष जस्तै यस पटक पनि किसान मलकै समस्यामा रहेका छन् । किसान मलबिना नै रोपाइँ गर्न बाध्य भएका समाचार प्राप्त भएका छन् ।

राजापुरमा मलको खोजी

गुलरिया समाचारदाताका अनुसार बर्दियाको राजापुर क्षेत्रका किसानले धान रोपाइँ सुरु गरे पनि रासायनिक मल पाउन सकेका छैनन् । रोपाइँको समयमा पनि रासायनिक मल नपाएको गुनासो किसानले गरेका छन् ।

गेरुवा गाउँपालिका–६, प्रसेनीका अनुजा थारूले गत वर्ष जस्तै यस वर्ष पनि धानका लागि पर्याप्त रासायनिक मल नपाएको गुनासो गर्नुभयो । उहाँले हरेक वर्ष खेतबारीमा तोके अनुसारको रासायनिक मल नहाली धान रोप्नुपर्ने बाध्यता रहेको जनाउनुभयो । उहाँले एक बिघा खेत भए पनि आधा बोरा मात्र मल पाउने गरेको जनाउनुभयो ।

गेरुवा गाउँपालिका–६ का पर्शुराम थारूले सहकारीमा आबद्ध नभएकालाई रासायनिक मलको झन् समस्या भएको बताउनुभयो । उहाँले सहकारीमा आबद्ध भएका साधारण सदस्यलाई मल पुगेपछि मात्र अरू जनताले पाउने गरेको जनाउनुभयो ।

बर्दिया जिल्लामा करिब ५१ हजार हेक्टरमा धान खेती हुने गर्दछ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका अनुसार बर्दिया जिल्लामा १२ हजार मेट्रिक टन युरिया, सात हजार मेट्रिक टन डिएपी र एक हजार मेट्रिक टन पोटासको माग हुँदै आएको छ । उहाँका अनुसार बर्दिया जिल्लामा मागको ५० प्रतिशत मात्र रासायनिक मल उपलब्ध हुँदै आएको छ ।

कृषि सामग्री केन्द्र बर्दिया शाखाका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा बर्दिया जिल्लामा छ हजार पाँच सय मेट्रिक टन युरिया, तीन हजार तीन सय मेट्रिक टन डिएपी आपूर्ति गर्ने लक्ष्य राखिएको थियो । कृषि सामग्री केन्द्र लिमिटेडका गुलरिया शाखाका कार्यालय प्रमुख लालबहादुर थारूले हालसम्म छ हजार मेट्रिक टन युरिया र दुई हजार सात सय मेट्रिक टन डिएपी आपूर्ति भइसकेको जनाउनुभयो ।

यता साल्ट ट्रेडिङ कर्पोरेसन गुलरियाका कार्यलय प्रमुख प्रवीणजङ्ग शाहले धानको सिजनका लागि १३ हजार छ सय क्विन्टल युरिया आएकामा वितरण गरिएको बताउनुभयो । हाल किसानलाई आवश्यक भए पनि डिएपी नआएको जनाउनुभयो ।

भलपानी पछ्याएर रोपाइँ

लमजुङ समाचारदाताका अनुसार असार नलाग्दै लमजुङमा बर्खे धान रोपाइँ सुरु भएको छ । मनसुन सुरु भएसँगै भलपानी पछ्याउनुका साथै सिँचाइ सुविधा पुगेका ठाउँमा धान रोपाइँ सुरु भएको हो । खोला किनारमा रहेका फाँटमा धान रोपाइँ थालिएको किसानले बताएका छन् । खोलाको पानीलाई कुलोमार्फत लगेर धान रोपाइँ गरिएको छ । केही ठाउँमा सिँचाइ सुविधा पुगेको छ ।

मस्र्याङ्दी गाउँपालिका–५, घेर्मुका वृषबहादुर गुरुङले सिँचाइ सुविधा भएकाले घेर्मुफाँटमा धमाधम रोपाइँ भइरहेको बताउनुभयो । सिँचाइ सुविधा भएकाले आलोपालो गरेर धान रोपाइँ भइरहेको उहाँले बताउनुभयो । घेर्मुफाँटमा तीन/चार वटा समूह बनाएर धान रोपाइँ गरिएको छ । किसानले गोरुका साथै पावर ट्रिलर प्रयोग गरेर खेत जोतेका छन् ।

क्व्होलासोथार गाउँपालिका–६, पसगाउँका बासिन्दा पनि धान रोपाइँमा जुटेका छन् । उनीहरूले बेँसी खेत बगैँचामा धान रोपाइँ थालेको स्थानीय राजु गुरुङले बताउनुभयो । क्व्होलासोथार गाउँपालिका–४, भुजुङका किसान पनि घिम्चे खेतमा धान रोप्ने तयारीमा रहेको स्थानीय राकेश गुरुङले जनाउनुभयो ।

मस्र्याङ्दी गाउँपालिकाको भलामखोला, खुदीखोला र ङादीखोलाको आसपासमा रोपाइँ सुरु गरिएको छ । यस्तै दोर्दी गाउँपालिकाको नौथर सेरा, चिती, ढोडेनी, फलेनीलगायतका गाउँमा पनि धान रोप्न सुरु गरिएको किसानले जनाएका छन् ।

कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत सरोज थापाले जिल्लामा कुल ६१ हजार ८१९ खेतीयोग्य जमिनमध्ये नौ हजार २९९ हेक्टरमा धान रोपाइँ हुने जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

५ घण्टा अगाडि
सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुद्राको विनिमयदर सार्वजनिक

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

क्यान महासंघमा नेतृत्व परिवर्तन

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक