काठमाडौं। तीनकुने प्रकरणमा प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईँ सहित ७ जनालाई पुर्पक्षकालागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा १० दिनको थुनछेक बहसपछि बिहीबार राति यस्तो आदेश गरेको हो । इजलासले प्रसाईँसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भनिने गोकर्ण शाही,डण्डपाणी रेग्मी, शुसिल बराल,केशब बस्नेत र कुमार तामाङलाई थुनामा पठाउन आदेश दिएको हो ।
अन्य ३२ जनालाई भने धरौटीमा छाड्न आदेश दिएको हो ।