काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार परियारसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको हो। यस्तै भ्रष्टाचार मुद्दा दायर हुनेमा महानगरकै सूचना अधिकारी बस्नत आचार्य, रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, नमराज ढकाल, जनार्दशन गिरी र उत्तम दाहाल छन्।
उनीहरूविरुद्ध चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोप छ।


