शुक्र, फाल्गुन २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकी राष्ट्रपति ट्रम्प र मस्ककाे सम्बन्ध समाप्त

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
अमेरिकी राष्ट्रपति ट्रम्प र मस्ककाे सम्बन्ध समाप्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलोन मस्कसँग आफ्नो सम्बन्ध समाप्त भएको जनाएका छन् ।

शनिबार एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले टेक व्यवसायी मस्कसँग आफ्नो सम्बन्ध अन्त्य भएको जनाएका हुन् । ट्रम्प र मस्कबीच बढ्दो तिक्तताका बीच अन्तर्वार्तामा सोधिएको थियो, ‘के मस्कसँग तपाईंको घनिष्ट सम्बन्ध अब सकिएको हो त ?’, जवाफमा ट्रम्पले भने, ‘हो म त्यस्तै ठान्छु ।’ ‘मस्कसँग बिग्रिएको सम्बन्ध सुधार्न चाहनुहुन्छ ?’ भन्ने अर्को प्रश्नमा ट्रम्पले सीधै ‘चाहदिँन’ भनेर जवाफ दिएका थिए । राष्ट्रपति ट्रम्प र मस्कबीचको पछिल्लो समय सामाजिक सञ्जालमार्फत नोकझोक चलेको थियो । ट्रम्प प्रशासनले ल्याउन लागेको बीग ब्यूटीफूल बील (कर र खर्चसम्बन्धी विधयेक) को मस्कले आलोचना गरेपछि यी दुईबीच तिक्तता बढेको हो । त्यसो त मस्कले राष्ट्रपतीय चुनावी अभियानका बेला ट्रम्पलाई करोडौं डलर सहयोग गरेका थिए ।

राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्प प्रशासनमा मस्कलाई डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसियन्सी (डज) नामक सरकारी निकायको प्रमुख बनाइएको थियो । डजमा उनले १२९ दिन काम गरे । राष्ट्रपति ट्रम्पको विधेयकलाई मस्कले ‘घृणास्पद’ भन्दै तीव्र आलोचना गरेपछि ट्रम्प उनीसँग चिढिएका अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

विधयेकको विरोध गर्दै मस्कले सामाजिक सञ्जाल एक्समा ट्रम्पले अख्तियार गर्न खोजेको नीतिले राष्ट्रिय घाटा बढाउने भन्दै डजमार्फत आफूले पहल गरेको सरकारी खर्च घटाउने रणनीतिले त्यसले कमजोर पार्ने बताएका थिए । बिहिबार पत्रकारहरुसँगको कुराकानीमा ट्रम्पले मस्कलाई लक्षित गर्दै उनीप्रति आफू ‘निराश’ भएको प्रतिक्रिया दिएका थिए । त्यसपछि मस्कले एक्समा पोस्ट गर्दै आफ्नो सहयोगबिना ‘ट्रम्पले राष्ट्रपतीय चुनाव जित्नै सक्थेनन्’ भनेका थिए ।

ट्रम्पको नाम जेफ्री एप्स्टीन सम्बन्धी फाइलहरूमा रहेको आरोप समेत लगाएका मस्कले पछि उक्त पोस्ट डिलिट गरेका थिए । मस्कको पोस्टपछि प्रतिक्रिया दिँदै एप्स्टीनका वकिलले उक्त आरोपको खण्डन गरेका छन् । यसअघि राष्ट्रपति ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा मस्कलाई ‘पागल’ भएको टीप्पणी गरेका थिए ।

शनिबार एनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले मस्क राष्ट्रपति पदको सम्मान नराखेको आरोप लगाएका बीबीसीले उल्लेख गरेको छ । ‘मलाई लाग्छ धेरै नराम्रो कुरा हो, किनभने उनले अत्यन्त असम्मान देखाएका छन्, तपाईं राष्ट्रपति पदको अपमान गर्न सक्नुहुन्न’, अन्तर्वार्तामा ट्रम्पले भनेका छन् । यसअघि ट्रम्पले मस्कका टेक कम्पनीहरु स्पेस एक्स, टेस्ला लगायतका कम्पनीसँग अमेरिकी संघीय सरकारले गरेका ठेक्का सम्झौता तोड्नेसम्मको चेतावनी दिएका छन् ।

संसारकै सबभन्दा धनाढ्य व्यक्ति मस्कले ट्रम्पको चुनावी अभियानमा झन्डै २५० मिलियन डलर सहयोग गरेका थिए । सामाजिक सञ्जालमा चर्किएको द्वन्द्वका बीच मस्कले आगामी चुनावहरुमा ट्रम्पका विपक्षी दल डेमेक्र्याटलाई समर्थन गर्ने संकेत गरेका थिए । ट्रम्पको बीग ब्यूटीफूल बीललाई चुनौती दिने सांसदहरुलाई आफ्नो समर्थ रहने मस्कको भनाइ छ । यसको जवाफमा ट्रम्पले मस्कले त्यसो गरे गम्भी परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

यो पनि पढ्नुहोस्

निर्वाचनको प्रचारमा बालबालिका प्रयोग नगरेको जवाफ

सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु

१२ मिनेट अगाडि
रञ्जु दर्शना काठमाडौं-१ बाट निर्वाचित

रास्वपाका १०२ उम्मेदवार अग्र स्थानमा

१६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

काठमाडौंमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रतिनिधिसभा निर्वाचनमा माकुने पाँचौ स्थान

एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पछि परे

काठमाडौं ६ मा रास्वपा अगाडि

नवलपुरमा मतगणना सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक