बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अन्तर्राष्ट्रिय मञ्चमा अध्यक्ष ढकालको उच्च जिम्मेवारी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
अन्तर्राष्ट्रिय मञ्चमा अध्यक्ष ढकालको उच्च जिम्मेवारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज राजधानी काठमाडौंमा सम्पन्न भएको छ। पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकमा केन्द्रिय सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

बैठकले हालै अप्रिल ११, २०२५ मा दक्षिण कोरियाको राजधानी सिउलमा सम्पन्न इन्टर-पार्लियामेन्टरी स्पिकर्स कन्फेरेन्स (Inter-Parliamentary Speakers’ Conference – ISC) बाट अध्यक्ष ढकाललाई महासचिव जस्तो गरिमामय अन्तर्राष्ट्रिय पदमा मनोनयन गरिएकोमा हार्दिक बधाई व्यक्त गरेको छ। साथै बैठकले उक्त जिम्मेवारीको सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष ढकालको नेतृत्वमा नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा थप उच्च हुने विश्वास समेत व्यक्त गरेको छ।

त्यसैगरी बैठकमा संघीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेटबारे पनि छलफल गरिएको थियो। बैठकले बजेटलाई जिम्मेवार र यथार्थपरक भएको ठहर गर्दै यसको स्वागत गर्ने निर्णय गरेको छ। बजेटले आर्थिक अनुशासन कायम गर्दै मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने प्रयास देखिएको उल्लेख गर्दै बैठकले व्यवसायीलाई प्रोत्साहित गर्ने र प्रभावकारी कार्यान्वयन भएमा देशमा सुशासन र विकासको गति बढ्ने आशा व्यक्त गरेको छ।

मुलुकमा वर्षायाम सुरु भएसँगै आउने सम्भावित प्राकृतिक विपत्तिहरू — जस्तै बाढी, पहिरो र डुबान — का जोखिमलाई ध्यानमा राख्दै बैठकले पूर्वतयारीको खाँचो औँल्याएको छ। साथै कृषकलाई मल, बिउ सहज उपलब्ध गराउने, सार्वजनिक यातायातमा यात्रुहरूको सुविधा सुनिश्चित गर्ने, सरकारी काममा हुने ढिलासुस्ती अन्त्य गर्ने र समग्र सुशासन प्रवर्धन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरिएको छ।

बैठकले मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इद उल अज्हा) को अवसरमा नेपाल तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम समुदायप्रति सुख, शान्ति र समृद्धिको शुभकामना पनि व्यक्त गरेको छ।

पार्टीका महासचिव सन्तोष कुमार पौडेलद्वारा जारी जानकारीअनुसार बैठकका सबै निर्णयहरू सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।

यो पनि पढ्नुहोस्

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

९ मिनेट अगाडि
डीआईजीलाई प्रहरी हेडक्वाटर बोलाइयो

आईजीपी कार्कीको रिट निवेदन संयुक्त इजलासमा तोक्याे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

‘सिन्दुरे जात्रा’ले समाजप्रति प्रश्न गर्छ : अञ्जना बराइली

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक