आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देशभर फैलिँदै डेंगु संक्रमण, अबका चार महिना अति जोखिमपूर्ण

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
देशभर फैलिँदै डेंगु संक्रमण, अबका चार महिना अति जोखिमपूर्ण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पुष्पराज चौलागाईं

काठमाडौं । मनसुन भर्खरै सुरू भएसँगै देशभर डेंगु संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पुसदेखि हालसम्म ७१ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् ।

हालसम्म १०८१ जना संक्रमित भएका छन्, जसमा सबैभन्दा बढी कोशीमा २३९, बागमतीमा २९७, गण्डकीमा १८२, लुम्बिनीमा १६३, सुदूरपश्चिममा १५६, कर्णालीमा ३० र मधेशमा १४ जना संक्रमित भएका छन् ।

इपिडिमियोलोजी महाशाखाका निर्देशक डा. चन्दभाल झाअनुसार अनुसार एक दशकको तथ्यांकलाई हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ ।

‘भर्खरै मनसुन सुरु भएको छ, अबका दिनमा डेंगुका बिरामी बढ्छन्,’ डा. झाले भने, ‘अबको चार महिनाको अवधिमा कुनै पनि ठाउँमा डेंगु फैलिन सक्छ ।’

उनका अनुसार अहिलेसम्मको तथ्यांकलाई हेर्दा अघिल्लो वर्षको तुलनामा कम फैलिएको छ । तर अबका चार महिना ‍ (असार, साउन, भदौं, असोज) डेंगु फैलिने अति जोखिम महिना हुन् ।

हिमालसम्म फैलियो डेंगु

एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २०००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो ।

त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए। २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेंगु देखियो ।

२०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । सन् २०२२ मा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो।

२०२३ मा कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए । ईडीसीडीको तथ्यांक अनुसार संक्रमितमध्ये ३१ प्रतिशत सुनसरीका थिए । सन् २०२४ मा भने १३ जनाको मृत्यु हुँदा झण्डै ३५ हजारभन्दा बढी संक्रमित भएका थिए ।

तराईमा पाइने लामखुट्टेले अब आफूलाई पहाडी र हिमाली वातावरणमा ढाल्दै गएको छ । अब डेंगु सदाबहार देखिने थालेको इडिसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् ।

‘पछिल्ला दिनमा चिसो मौसममा समेत डेंगुका बिरामी देखिएको छ । केही वर्ष अघिसम्म तराई तथा धेरै गर्मी हुने ठाउँमा मात्रै डेंगुको संक्रमण बढी देखिन्थ्यो,’ डा. दाहालले भने, ‘ पछिल्लो समय पहाड चढ्दै हिमालसम्मै पुगेको छ ।’

विज्ञहरूका अनुसार १२–१३ डिग्रीमा पनि डेंगु सार्ने लामखुट्टे सहजै बाँच्न सक्छ । डेंगु फैलिनुको कारण बढ्दो शहरीकरण पनि हो । जनघनत्व बढी भएका शहरमा डेंगु सार्ने लामखुट्टेलाई हुर्कन सहज हुन्छ ।

‘हिजोका दिनमा चिसो हुने ठाउँमा तापक्रम बढेसँगै प्रत्यक्ष रूपमा लामखुट्टे हिमालसम्म पुगेका छन्,’ डा. झा भन्छन्, ‘जलवायु परिवर्तनको असर उच्च भू–भागमा डेंगु देखिएको छ ।’

डेंगु नियन्त्रणमा ८० करोड खर्च, तर रणनीति कमजोर

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी शहरी क्षेत्रमा डेंगु फैलिनुको प्रमुख कारण अव्यवस्थित फोहोर व्यवस्थापन रहेको बताउँछन् ।

उनका अनुसार पानी जम्मा गर्न राखिएका ड्रम र बाल्टीहरू, पुराना टायर र फोहोरमैला, कौसी खेतीका गमला, खुला खाल्डाखुल्डीमा जमेको पानी स्थानहरू एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस प्रजातिका लामखुट्टेका लागि प्रजनन स्थल हुन् ।

जलवायु परिवर्तन र तीव्र शहरीकरणले नेपालमा डेंगु संक्रमणको जोखिम बढाएको उनी बताउँछन् । विगत एक दशकमा तराईदेखि पहाडी जिल्लासम्म फैलिएको यो रोग अहिले जनस्वास्थ्यको प्रमुख चुनौती बनेको छ ।

सरुवा रोग विशेषज्ञ पुन पनि बढ्दो शहरीकरणलाई पनि डेंगु फैलनुको कारण मान्छन् ।

यो पनि पढ्नुहोस्

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

३६ मिनेट अगाडि
स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

५४ मिनेट अगाडि

‘शहरी क्षेत्रमा पानी संकलन गर्ने ड्रम, बाल्टी, ग्यारेजका टायर र कौसी बगैंचाका गमलामा जमेको पानीमा लामखुट्टेले सजिलै फुल पार्छन्,’ उनले भने ।

विज्ञका अनुसार डेंगु नियन्त्रणका लागि मनसुन सुरू हुनुभन्दा अगाडि नै लार्भा खोज तथा नष्ट अभियान’ तीव्र रुपमा सञ्चालन गर्नुपर्छ । तर, सरकारले डेंगु फैलिसकेपछि मात्रै ‘लार्भा खोज तथा नष्ट अभियान’ सुरू गर्ने गरेको छ ।

यसवर्षपनि सरकारले डेंगु नियन्त्रणका लागि स्थानीय तहमा ८० करोड विनियोजन गरेको छ ।

चिकित्सकहरूका अनुसार सामान्य डेंगु ज्वरो, हेमोरेजिक र शक सिन्ड्रोम गरी डेंगु ज्वरो तीन प्रकारको हुन्छ । हेमोरेजिक र शक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ ।
डेंगु नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको कमजोर नेतृत्व र लापरवाहीपूर्ण व्यवस्थापनका कारण संक्रमण तीव्र गतिमा फैलिने गरेको विज्ञ बताउँछन् ।

‘मनसुन सुरु हुनासाथै खोज तथा नष्ट अभियान व्यापक बनाउनुपर्छ । लार्भा अवस्थामै नियन्त्रण गरिएको भए भयावह अवस्था आउँदैन,’ डा. मरासिनी भन्छन्, ‘तर सरकार डेंगु फैलिसकेपछि मात्र झारा टार्ने काम गरिरहेको हुन्छ ।’

फरक सेरोटाइपको डेंगु संक्रमण घातक हुनसक्छ

डेंगुका १, २, ३ र ४ गरी चार प्रकारका सेरोटाइप हुन्छन । सबै सेरोटाइप नेपालमा देखिसकेका छन् । पहिलो पटकभन्दा फरक प्रकार (सेरोटाइप) को डेंगु संक्रमण भए स्वास्थ्यमा जटिलता निम्तने जोखिम बढी हुने उपचारमा चिकित्सक बताउँछन् ।

डेंगुको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ ।

कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भए पनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ ।

एक्कासी उच्च ज्वरो आउनु डेंगु मुख्य लक्षण हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ र बिरामी व्यक्ति सिकिस्त हुने गर्छ ।

निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटलेट्स संख्या तीव्र गतिमा घट्नुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेत हो ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार फरक सेरोटाइपको संक्रमण भएमा जटिलता बढी हुन्छ ।

चिकित्सकहरूका अनुसार सामान्य डेंगु ज्वरो, हेमोरेजिक र शक सिन्ड्रोम गरी डेंगु ज्वरो तीन प्रकारको हुन्छ । हेमोरेजिक र शक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगुसँग मिल्दोजुल्दो लक्षणहरू देखिए वा पुष्टि भएमा जथाभावी औषधि आफैंले किनेर खाने हुँदैन ।

‘डेंगुमा अत्यधिक दुखाइ हुँदा जथाभावी औषधि खाँदा नकारात्मक प्रभाव देखिन सक्छ,’ डा. पुन भन्छन्, ‘ब्रुफेन, फ्लेक्सन, एस्पिरिन जस्ता पेन किलर औषधिको अत्यधिक प्रयोगले रोगलाई जटिलतातिर लैजान सक्ने सम्भावना बढ्छ ।’

डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाँडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ ।

ट्यांकी, ड्रम, बाटा, बाल्टिन जस्ता पानी राख्ने भाँडाहरू पनि लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ। पानी जम्नसक्ने ठाउँमा नियमित सफा गर्नुपर्छ ।

बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाएर निस्कने, घरका झ्याल, ढोकामा जाली हाल्ने, दिउँसो सुत्दा झुल हाल्नेजस्ता पक्षलाई व्यवहारमा उतार्नुपर्छ ।

जनस्वास्थ्यविद् आगामी तीन महिनामा डेंगु संक्रमणको भयावह हुनेसक्ने आंकलनसँगै समुदायस्तरमा लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्र पार्नुपर्ने बताउँछन् ।

अनलाइनखबर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक