काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले संसद्मा जवाफ नदिएसम्म संसद्को कारबाही अघि बढ्न नदिने निर्णय गरेको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। सामाजिक सञ्जालमा पछ्याउनुहोस् उनका अनुसार मंगलबारको बैठकमा पनि जेठ १३ र १४ गतेकै भूमिकामा प्रस्तुत हुनेसमेत बैठकले निर्णय लिएको छ।
कार्यवाहक प्रवक्ता झाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पद छोडेर अनुसन्धानमा सघाउनुपर्ने बताए। उनले परिवारको सदस्यले गरेको बदमासीको जिम्मेवारी अभिभावकले लिने उल्लेख गर्दै उक्त प्रकरणबारे गृहमन्त्री स्वयंले नभई प्रधानमन्त्रीले जवाफ दिनुपर्नेसमेत बताए। संसद्को कारबाही अगाडि बढाउने र गृहमन्त्रीको राजीनामाबारे अन्य प्रतिपक्षी दलहरुसँग समेत सहकार्य गर्ने निर्णय भएको उनको भनाइ छ।