बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मस्र्याङ्दी नदीमा ५० मेगावाट क्षमता भएको जलविद्युत् आयोजना निर्माण सुरु

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
मस्र्याङ्दी नदीमा ५० मेगावाट क्षमता भएको जलविद्युत् आयोजना निर्माण सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लमजुङ। गाउँपालिका केन्द्र भुलभुले पुग्न मस्र्याङ्दी नदीमा बेलिब्रिज हालिएको छ । बेलिब्रिज तर्नासाथ सुरुङमार्ग हुँदै गाउँपालिकाको प्रशासकीय केन्द्र पुग्न सकिन्छ । मोटरबाटोले नछोएको तत्कालीन भुलभुले गाविस रहेको स्थानमा अहिले गाउँपालिका केन्द्र छ । भुलभुलेका सबै गाउँमा अहिले मोटरबाटोको सञ्जाल पुगेको छ ।

सन् २०१३ अघि स्थानीय तह बनेका थिएनन् । स्थानीय तह नबन्दै तत्कालीन भुलभुले गाविसमा मोटरबाटोको सञ्जाल थिएन । मस्र्याङ्दी नदीवारि डुम्रे–बेँसीसहर–चामे सडक छ । पारिपट्टि भुलभुलेका गाउँ । अहिले यहाँका गाउँ गुलजार बनेका छन् । सडकको सञ्जालसँग जोडिन मस्र्याङ्दी नदीमा बनेको बेलिब्रिज पुल र त्योसँगै बनेको सुरुङमार्ग प्रमुख आधार बनेका छन् ।

भुलभुलेदेखि ङादीसम्म पाँच किलोमिटर लामो सडक निर्माण भएपछि बजार विस्तार भएको छ । सडक सञ्जालले आवातजावत सहज बनाएको छ, स्थानीय उत्पादनले बजार पाएको छ । दुर्गम गाउँ भुष्मे, छिनखोला, लुदीसम्म सडक पहुँच पुगेको छ । भुलभुले, ङादी हुँदै बाहुनडाँडा नाइचे, डहरेसम्म गाडी पुगेको छ । यी सबै क्षेत्रको विकास यति छिटै गर्न राज्यको खर्चमा मात्र सम्भव थिएन । विकास नै भए पनि सरकारको लगानीमा मात्र गर्दा धेरै ढिला हुन्थ्यो । सन् २०१३ मा मस्र्याङ्दी नदीमा ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण सुरु भएपछि यस क्षेत्रको विकासले तीव्र गति लियो ।

“यहाँ जलविद्युत् आयोजना नआएको भए हाम्रो क्षेत्र विकासले धेरै पछि पथ्र्यो,” मस्र्याङ्दी–७, उस्तानिवासी संविधान सभा सदस्य जमीन्द्रमान घलेले भन्नुभयो, “माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण भएपछि गाउँ गाउँमा मोटरबाटो पुग्यो, मस्र्याङ्दीमा बेलिब्रिज बन्यो, पहरा फोरेर सुरुङमार्ग बन्यो । विद्यालय, सामुदायिक भवन, पाटीपौवा धेरै बने । समग्रमा गाउँको मुहार फेरियो ।”

घलेका अनुसार माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत बाटो, सामुदायिक भवन, विद्यालय आदि क्षेत्रमा सहयोग गरेको छ । भौतिक विकास मात्र नभएर यहाँका नागरिकले सिप अनुसारको रोजगारी पनि पाएका छन् । आयोजनाको संरचना बन्ने स्थानका जग्गाधनीले राम्रो मुआब्जा पनि पाए । “एउटा आयोजना बन्दा राष्ट्रिय रूपमा विद्युत् उत्पादनबाट आम्दानी भयो भने स्थानीय रूपमा विकास निर्माण र रोजगारी सिर्जना भयो,” घलेले भन्नुभयो ।

माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले स्थानीयले प्रयोग गर्न मिल्ने गरी ३४० मिटर लामो सुरुङमार्ग बनाइदिएको छ । सुरुङमार्गले स्थानीयलाई आवतजावत गर्न मात्र होइन, पर्यटन प्रवर्धनमा समेत टेवा पुगेको छ । “यो देशकै पहिलो सुरुङमार्ग हो । अन्नपूर्ण पदमार्ग घुम्न आएका आन्तरिक पर्यटकलाई यसले थप आकर्षण थपेको छ,” मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भन्नुभयो, “आयोजना नभएको भए हामीबाट यस्तो सुरुङ खनेर सडक बनाउन सम्भव नै थिएन । अहिले धेरै सुबिस्ता भएको छ । पर्यटकसमेत आकर्षित गरेको छ ।”

सन् २०१३ को जनवरीमा निर्माण सुरु गरिएको माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाले २०१७ जनवरीबाट व्यावसायिक विद्युत् उत्पादन थालेको थियो । चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोपावर कम्पनीको ९० र नेपालको चितवन कोई समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको उक्त आयोजना १६ अर्ब रुपियाँमा निर्माण गरिएको थियो । सो आयोजनाबाट अहिले नियमित विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

आयोजना निर्माण हुँदा यहाँ सयौँले रोजगारी पाए । स्थानीय उत्पादित वस्तुले बजार पाए । आयोजनाले निर्माणको चरणमा मात्र होइन, अहिले पनि सामाजिक क्षेत्रमा काम गरिरहेको छ । “अरू आयोजनाले निर्माणको काम सकिएपछि विकास निर्माणको काममा सहयोग गरेको पाएका छैनौँ,” माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना सरोकार तथा सहयोग समितिका अध्यक्ष नन्दराज तामाङले भन्नुभयो, “आयोजनाले अहिले पनि स्थानीय स्तरको विकास निर्माणमा सहयोग गरिरहेको छ ।”

तामाङका अनुसार आयोजनाले सरोकार समितिमार्फत प्रभावित क्षेत्रको विकासनिर्माणका लागि वार्षिक ३० लाख रुपियाँ खर्च गर्दै आएको छ । सरोकार समितिको प्रशासनिक खर्चका लागि वार्षिक १२ लाख रुपियाँ पनि दिने गरेको छ । “वार्षिक रूपमा आउने १२ लाख प्रशासनिक खर्चमध्ये आधा रकम विकासनिर्माणकै काममा खर्च गर्ने गरेका छौँ,” तामाङले भन्नुभयो, “गाउँठाउँमा सडक निर्माण, विद्यालय, सामुदायिक भवन आदिमा यस्तो रकम काम लाग्ने गरेको छ ।”

माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीका अनुसार आयोजनाले पर्यावरण संरक्षण, मस्र्याङ्दी नदीको कटान नियन्त्रण, सडक सञ्जाल निर्माणलगायतका काम गरिरहेको छ । सुरुङ स्थलदेखि ङादीसम्म पाँच किलोमिटर सडक कालोपत्रे गर्न दुई करोड खर्च गर्ने भएको छ । “मस्र्याङ्दी नदीमा आएको बाढीले हाइड्रोपावरको संरचनासँगै सडकका धेरै भाग कटान गर्‍यो । अहिले करोडौँ खर्च गरेर ती संरचनाको मर्मत गरिरहेका छौँ,” अधिकारीले भन्नुभयो, “आयोजना यस क्षेत्रको विकासको साझेदारका रूपमा रहँदै आएको छ ।”

मस्र्याङ्दी नदीमा बनेको एउटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्ले राष्ट्रिय पुँजीको विकास मात्र भएको छैन, स्थानीय रूपमा आर्थिक र सामाजिक समृद्धि पनि भएको छ । माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना सरोकार तथा सहयोग समितिका पूर्वअध्यक्ष जितबहादुर गुरुङले आयोजना निर्माणले मस्र्याङ्दी गाउँपालिकाको विकासमा टेवा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता आयोजना धेरै बनाउन सके राष्ट्रिय पुँजीको विकास गर्न सकिन्छ ।”

सिनो हाइड्रो सगरमाथा पावर कम्पनीका दोभासे दयाराम दाहालका अनुसार आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको दमौली प्रसारण लाइनमा जोडिएको छ । आयोजनाले सुक्खायाममा अर्थात् पुसदेखि चैतसम्ममा पाँच करोड ७० लाख युनिट र वर्षायाममा २६ करोड छ लाख युनिट गरी एक वर्षमा कुल ३१ करोड ७६ लाख युनिट बिजुली उत्पादन गर्ने गर्छ ।

५.२ किलोमिटर सुरुङबाट रन अफ रिभर प्रविधिमा बनेको यो आयोजनाले २० किलोमिटर लामो १२५ केभी प्रसारण लाइन आफैँ निर्माण गरेको थियो । करिब २५ करोड रुपियाँ लागतमा प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि जग्गा उपलब्ध गराउने र अन्य लजिस्टिक प्रबन्ध सिनो हाइड्रोपावर कम्पनीले गरेको थियो ।

सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले प्रसारण लाइन बनाउन तयार नभएको भए २०७२ को अन्त्यसम्म व्यापारिक उत्पादन गर्न लागेको माथिल्लो मस्र्याङ्दी ‘ए’ को विद्युत् खेर जाने थियो । त्यसबापत प्राधिकरणले सिनो हाइड्रो सगरमाथा कम्पनीलाई मासिक करिब १५ करोड रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने थियो तर सिनो हाइड्रो सगरमाथा प्रसारण लाइन बनाउन तयार भएपछि प्राधिकरण क्षतिपूर्ति तिर्नबाट जोगियो र आयोजनाबाट उत्पादन हुने विद्युत् खेर जानबाट रोकियो ।

अहिले मस्र्याङ्दी गाउँपालिकामा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’, ३० मेगावाटको ङादी जलविद्युत्, पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, चार मेगावाटको खुदी र एक मेगावाटको स्याँगे जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुँदै आएको छ । यहाँ नै २६ मेगावाटको अपर खुदी, ङादीखोला, ह्याङ्दीखोलालगायतमा नयाँ जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । यी आयोजनाले गर्ने सामाजिक उत्तरदायित्वको कामले गाउँठाउँको विकासमा टेवा पुग्दै आएको छ ।

यो पनि पढ्नुहोस्

यी हुन्- मन्त्रिपरिषद्‍ले गरेका ९ निर्णय

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

१२ घण्टा अगाडि
नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने

नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

रास्वपाकाे संसदीय दलको बैठक सुरु

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

रात्रिकालिन बस सेवा सुरु

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक