बुध, असार २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राजावादीहरूकाे पक्षमा समर्थन बढेको भन्दै उत्साहित

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
राजावादीहरूकाे पक्षमा समर्थन बढेको भन्दै उत्साहित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राजसंस्था पुनस्र्थापना र हिन्दू राज्यसहितका माग राखेर सडक आन्दोलनमा होमिएका राजावादीहरू आफ्ना पक्षमा समर्थन बढेको भन्दै उत्साहित देखिएका छन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक समेत रहेका नवराज सुवेदीले आन्दोलनमा सहभागीताको संख्या दैनिक बढ्दै गएको र यसले आफूहरूलाई उत्साहित बनाएको जनाएका छन् ।

शनिबार साँझ एक भिडिओ सन्देश जारी गर्दै संयोजक सुवेदीले सरकारले विभिन्न क्षेत्रमा जारी गरेको निषेधाज्ञा आफूहरूलाई लागि ‘वरदान’ भएको समेत जनाएका छन् ।

गत १५ बाट सुरु भएको राजावादीहरूको आन्दोलन निर्धारित कार्यक्रम अनुसार आज दरबारमार्ग क्षेत्रमा हुनुपर्थ्यो । तर, शुक्रबार साँझ सो क्षेत्रमा सरकारले निषेधाज्ञा जारी गरेपछि शनिबार दिउँसो राजावादीहरूको प्रदर्शन बालुवाटारसम्म पुगेको थियो ।

प्रधानमन्त्री, सभामुखलगायतको सरकारी निवास भएको सो क्षेत्रमा राजावादी आन्दोलनमा सहभागीहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्दै नाराबाजी गरेका थिए ।

उक्त क्रममा सडक, बाटो छेउ र घरका छत छतबाट ताली बजाएर, नारामा साथ दिएर काठमाडौंवासीले प्रयासमा होस्टेमा हैंसे दिएको सुवेदीले जनाएका छन् ।

‘शान्तिपूर्ण प्रदर्शनलाई सीमामा बाँध्न सरकारले निषेधाज्ञा जारी गर्नु भ्रष्ट शासकका लागि अभिषाप र हाम्रो लागि वरदान बन्यो,’ सुवेदीले भनेका छन्, ‘आन्दोलनमा सहभागी संख्या र ऊर्जा वृद्धिमात्रै भएन, सडक, बाटो छेउ र घरका छत छतबाट ताली बजाएर, नारामा साथ दिएर काठमाडौंवासीले हाम्रो प्रयासमा होस्टेमा हैंसे दिएका कारण हामी अझै उत्साहित भएका छौं ।’

साथै, उनले आफूहरूको लक्ष्य प्राप्त नभएसम्म आन्दोलन जारी रहने पनि बताएका छन् । सुवेदीका अनुसार आइतबार दिउँसो २ बजे नारायणचौरबाट चौथो दिनको आन्दोलन सुरु हुनेछ ।

‘जेठ १८ गते आइतबार दिनको २ बजे नारायणचौरमा भेला भइ पुनः आन्दोलन प्रारम्भ हुनेछ,’ सुवेदीले भनेका छन् ।

राप्रपा, राप्रपा नेपालसहितका राजतन्त्र पक्षधर दलहरूको समर्थनमा भइरहेको यो आन्दोलनका लागि काठमाडौंमा आएकाहरूलाई कम्तीमा एक हप्ता बस्न आग्रह गरिएको छ ।

राप्रपा अध्यक्ष लिङ्देनले समर्थकहरूलाई लक्ष्य प्राप्त नहुने बेलासम्म निरन्तर लाग्न आग्रह गरेका हुन् ।

यो पनि पढ्नुहोस्

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसमा धमाधम कारबाहीमा परे नेताहरु !

३ घण्टा अगाडि
काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक