बिहि, साउन १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माकेकाे पोलिटब्यूरो र केन्द्रीय समिति एकै पटक टुंगो लगाउने तयारी

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 mins read
0
जनतासँग माओवादी तराई मधेस जागरण अभियानबाट निकै उत्साहित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, पोलिटब्यूरो र बाँकी रहेका केन्द्रीय समितिसमेत एकै पटक टुंगो लगाउने तयारी गरेको छ।

पार्टी नेता वर्षमान पुन र ओनसरी घर्ती आगामी सोमबार स्वदेश फर्किने भएकाले पदाधिकारीसहित स्थायी र पोलिटब्यूरो एकै पटक टुंग्याउने सहमतिको तयारी थालिएको हो।

कोरोना संक्रमणको अवस्थामा सबै नेताहरुको परामर्शमा पार्टीका सम्पूर्ण बाँकी काम टुंगो लगाइने नेता गिरिराजमणि पोखरेलले बताए। ‘पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र बाँकी रहेको केन्द्रीय समिति छिट्टै टुंगो लाग्छ। त्यसका लागि गृहकार्य भइरहेको छ,’ पोखरेलले भने, ‘पार्टीमा सहमति गरेर एक मुष्ट टुंगो लगान्छ। यदि, चुनावबाट गर्नुपर्ने भएमा कोरोना संक्रमण कम भएलगतै टुंगो लगाउँछौ।’

तत्काल कोरोना संक्रमणको जोखिम भएकाले ‘भर्चुअल’ माध्यममार्फत् छिट्टै केन्द्रीय समिति बैठक बस्ने पोखरेलले बताए। यस्तै बाँकी रहेका प्रदेश समितिलाई समेत तत्काल टुंगो लगाउन शनिबार बसेको स्थायी समितिले निर्देशन दिइसकेको छ। प्रदेश समिति सके सर्वसम्मत नभए चुनावी प्रक्रियाबाट भए पनि टुंगो लगाउन बैठकले निर्देशन दिएको छ।

पार्टी अध्यक्षमा पुष्पकमल दाहाल‘प्रचण्ड’सर्वसम्मत चयन भइसकेका छन्। अरु वरिष्ठ उपाध्यक्षसहित १५ पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो तथा बाँकी केन्द्रीय समिति एकै चरणमा टुंग्याउने तयारी गरिएको हो। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई बनाउने सम्भावना छ। तर, अध्यक्षपछिको सबैभन्दा शक्तिशाली मानिने महासचिवमा धेरै नेताहरुले आकांक्षा राखेका छन्। जसमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, देव गुरुङ, शक्तिबहादुर बस्नेत र गिरिराजमणि पोखरेललगायत नेताहरु प्रतिस्पर्स्धामा छन्। उनीहरुमध्ये सबैभन्दा जब्बर दाबेदार पुन र शर्मा नै हुन्। यी दुई नेताबीच चर्को प्रतिस्पर्धा भएमा दुवैलाई उपमहासचिव पदमा व्यवस्थापन गरेर तेस्रो नेता महासचिव हुनसक्ने एक नेताको दाबी छ। त्यस्तो अवस्थामा गुरुङ, भुसाल, बस्नेत र पोखरेलमध्येबाटै एक जना महासचिव बन्ने एक नेता बताउँछन्। अन्य पदमा नेता व्यवस्थापन गर्न खासै गाह्रो हुने ती नेताको दाबी छ।

यस्तै स्थायी समितिमा यसअघिका धेरै नेताहरु दाहोरिने सम्भावना देखिएको छ। अरु केन्द्रीय समितिमा लामो समय काम गरेका नेताहरु स्थायी समितिमा पर्ने छन्। केन्द्रीय समिति ३०१ जनाको बनाउने भनिएको छ। त्यसमा थप १५ प्रतिशत अध्यक्षबाट मनोनीतमा पर्ने छन्। त्यसो हुँदा केन्द्रीय समिति कूल ३४५ जना हुने छन्। यसअघि हलबाट २३६ जना चयन भइसकेका छन्। अरु ६५ जना सबै समुदायको समेट्नगरी केन्द्रीय समितिमा समेटिने छन्। यस्तै अरु १५ प्रतिशत अध्यक्षले मनोनीत गर्ने छ। त्यसबाट ११५ जनाको पोलिटब्यूरो हुने भएको छ। त्यसलाई समेत समेटेर एकमुष्ट नाम टुंगो लगाउने तयारीमा अध्यक्ष प्रचण्ड जुटेका छन्।

यो पनि पढ्नुहोस्

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

११ घण्टा अगाडि
पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

घट्याे सुनचाँदीकाे भाउ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक