काठमाडाैं । जन स्तरमा ब्यापक बिबादास्पद र अदालतले पनि प्रश्न उठाएर रोकेको संसद बिकास कोषलार्इ समेत प्राथमिकताकासाथ समाबेश गरी अर्थमन्त्री मार्फत सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८२-८३ को बजेट बक्तब्य पनि परमपरागत गलत प्रबृत्तिबाट मुक्त छैन ।
कर्मकाण्ड पूरा गर्ने काम चलाउ प्रकारको आर्थिक गतिबिधहरू पूरा गर्नमा सीमित र उद्यत यस यस बजेट बक्तब्यले पनि देशको समग्र बिकासमा मूर्त र ठोसरूपमा नयाँ गतिशीलताकासाथ यूवा समुदायमा आकर्षण ल्याउन र परनिर्भताको पासोबाट देशलार्इ मुक्त राख्न योगदान दिन तथा राष्ट्रिय पूँजीको बिकास गर्न सक्ने बाटो लिएको कुनै आधार फेला पर्दैन ।
भन्सार र बिप्रेपणमा भर परेके यो बजेटके अत्याधिक ठूलो खर्च चालु खर्चमा सकिन्छ । यस परिप्रेक्षमा रातारात धनी बन्ने माफियागिरी, कमिशनखोरी र भयावह भ्रष्टाचार आजको नेपाली अर्थतन्त्रका असाध्य र अत्यन्तै गम्भीर राष्ट्रिय महारोग बनेको अबस्थामा अर्थतन्त्रलाई गलत दिशा दिने, उक्सिन नदिने र अत्यन्तै कमजोर पार्ने यी गम्भीर प्रकृतिका हानिकारक तत्वको सर्वत्र व्यापक साँठगाँठ छ ।
यिनको सेटिङ्ग चल्ने गरेसम्म नेपाली अर्थतन्त्रमा कत्ति पनि सुधार आउन सक्तैन । अनि अनि उत्पादकत्व र उत्पादन बढाएर राष्ट्रिय सम्बृध्दि र जन जीवनमा सबलताको बाटो अख्तियार गरेर यसले अग्र तथा उर्ध्वगामी दिशा र गति लिन पनि पटक्कै सक्तैन ।
बस्तुतः यस्तो स्थितिले उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा हात हाल्ने र लगानी गर्ने अनुकूल वातावरण पनि पटक्कै बन्न दिंदैन । अनि जनता अर्थतन्त्रमा मनोयोगले सक्रिय हुन पाउँदैनन् र यसमा आफ्नो अपनत्व र ममत्व पनि जाग्ने स्थिति नै बन्दैन । यसरी जनता सचेत, संगठित र सक्रियरूपमा अर्थतन्त्रमा लाग्ने अनुकूल वातावरण नबनेसम्म हाम्रा योजना तथा आयोजनाहरू जतिसुकै आदर्श र कर्णप्रिय लाग्ने सुनिए पनि तिनबाट जनता र राष्ट्रका लागि कुनै सकारात्मक प्रतिफल निस्कँदैन ।
अहिलेसम्मका बजेट प्रस्तुति र चलिरहेको यथास्थितिको अनुभवले पनि यही निष्कर्श निस्कन्छ ।