धनुषा । शहिदनगर नगरपालिका-५ बिर्तास्थित सडकमा महुलियाबाट बिर्तातर्फ जाँदै गरेको म.प्र.०२-००२ प ४११६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ महुलिया बस्ने ७० वर्षीया कुमारी देवी साफीको मृत्यु भएको छ ।
मंगलबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको एपलो अस्पताल जनकपुरमा थप उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।