सोम, जेष्ठ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गृहमन्त्री रमेश लेखक चौतर्फी प्रश्नको घेरामा

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
गृहमन्त्री रमेश लेखक चौतर्फी प्रश्नको घेरामा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गृहमन्त्री रमेश लेखक यतिवेला चौतर्फी प्रश्नको घेरामा छन् । भिजिट भिसा प्रकरणले मन्त्री लेखकको पद रहन्छ वा जान्छ कसैले अनुमान गर्न सक्ने अवस्था छैन।

मंगलबार प्रतिनिधिसभाको बैठक यही विषयले तात्यो । बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदले अवरोध गरे । सभामुख देवराज घिमिरेले माओवादी सांसद वर्षमान पुन र रास्वपाका सांसद शिशिर खनाललाई बोल्न दिए । दुवै सांसदले गृहमन्त्रीको राजीनामा माग गरे ।

शिशिर खनालले  कुनै मन्त्रीमाथि प्रश्न उठ्यो र  राज्यको कुनै सक्षम निकायले अनुसन्धान गर्नुपर्‍यो भने त्यस्ता मन्त्री पदमा रहन नपाउने जिकिर गर्दै राजीनामा मागे । उनले  २०८० चैत ३ गते मंगलबारकै दिन संसदमा गृहमन्त्री लेखकले अभिव्यक्त गरेको कुरा उठाउँदै भने, ‘यी शब्दहरू मेरा हाेइनन्, सभामुख महोदय। यो त यही सम्मानित सदनमा २०८० चैत ३ गते मंगलबारका दिन, प्रतिपक्षी दलको नेताको हैसियतले, वर्तमान गृहमन्त्रीज्यूले नै व्यक्त गर्नुभएको नैतिकताको मापदण्ड हो ! आज उहाँले कोरेको त्यही लक्ष्मणरेखा, उहाँले स्थापित गरेको त्यही नैतिक धरातलमाथि गम्भीर प्रश्न खडा भएको छ। आज प्रश्न स्वयं गृहमन्त्रीज्यूमाथि  उठेको छ ! के उहाँले त्यतिवेला प्रतिपादन गर्नुभएको सिद्धान्त आज उहाँलाई लागू हुन्छ कि हुँदैन ? ’

सांसद खनालले गृह प्रशासनको नाकमुनि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजिट भिसा’को नाममा निर्दोष नेपाली युवालाई लुटेर करोडौँको अवैध असुलीको र्‍याकेट चलिरहेको बताए । उनले  विभिन्न सञ्चारमाध्यमहरूले गृहमन्त्रीकै सचिवालयको प्रत्यक्ष संलग्नता रहेको समाचार लगातार प्रकाशित गरिरहेको भन्दै पछिल्लो आठ महिनामा मात्रै झन्डै चार अर्बभन्दा बढीको लुट भएको उल्लेख गरे ।

यत्रो ठुलो खेल कुनै राजनीतिक संरक्षणविना सम्भव  नभएको उनको दाबी छ। गृहमन्त्रीले पठाएको सहसचिव विवादित पृष्ठभूमिको रहेको भन्दै खनालले उनलाई अध्यागमनमा के कारणले पठाइयो भनेर गृहमन्त्रीसँग प्रश्न गरे। गृहमन्त्रीले थाहा नपाएर स्वच्छ वा सक्षम के भएर भनेर पठाएको कि आफ्नो पनि स्वार्थ जोडिएर हो ? अनुसन्धान हुनुपर्नेमा जोड दिए।

यस घटनामा एक व्यक्ति मात्र नभएर गृहमन्त्रीकै सचिवालयमा रहेका कर्मचारीहरू पनि यही पृष्ठभूमिमा जोडिएको उनले दाबी गरे । उनले भने, ‘अख्तियारले छापा मार्नुभन्दा एक दिन अगाडि विवादित सहसचिवलाई सरुवा गरेर कानुनका पृष्ठभूमि भएका मन्त्रीलाई थाहा छ, यदि कुनै निकायले प्रमाण जुटाउँदा छ भने प्रमाण जुटाउन सहयोग गर्ने कि प्रमाण नष्ट गर्नका लागि उसलाई सरुवा गरिदिने अब अनुसन्धान कर्मचारीमाथि मात्र होइन, गृहमन्त्रीमाथि पनि हुन्छ।  यसमा प्राविधिक अनुसन्धान हुनुपर्दछ।  मोबाइल फोनदेखि ल्यापटपहरूको परीक्षण हुनुपर्छ, तर त्यो परीक्षण गर्ने निकाय प्रहरीका मार्फतको विधि विज्ञान प्रयोगशाला हो।  तर, के अहिलेको परिवेशमा स्वच्छ अनुसन्धान होला  ? स्वच्छ रिपोर्ट आउला ? हामीलाई प्रशस्त आशंका छ।’

गृहमन्त्री  लेखक नेतृत्वमा रहँदा यसभन्दा अगाडिको सरकारले अनुसन्धान गरी उच्च राजनीतिक तहको संलग्नता रहेको भनिएको भुटानी शरणार्थीको काण्ड दबाइएको उनले आरोप लगाए । सहकारीसँग सम्बन्धित मुद्दामा रवि लामिछानेलाई तीन–तीन महिना हिरासतमा राखेर अनुसन्धान गरियो, तर सत्तापक्षका सांसदहरूलाई कतै सोधपुछको नाममा प्रहरी कार्याकक्षमा बोलाएर चिया खुवाएर पठाइएको भन्दै आलोचना गरे ।

यो विषय कुनै एक कर्मचारीले नागरिकता बनाउन गएको नागरिकसँग ‘घुस’ मागेजस्तो मात्र विषय नभएको भन्दै उनले म्यानपावरदेखि एयरलाइन्ससम्म, कर्मचारीदेखि मन्त्रीको सचिवालयसम्म जोडिएको विषय भएकाले अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए । संगठित ढंगले गरिएको यो भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिए ।  संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग जोडिएर हेर्ने गरी छानबिन गर्न एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म यो संसद् चल्न नदिने चेतावनी दिए ।

यो पनि पढ्नुहोस्

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

५१ मिनेट अगाडि
सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

५८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुद्राको विनिमयदर सार्वजनिक

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

क्यान महासंघमा नेतृत्व परिवर्तन

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीशहरूलाई आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक