काठमाडौं । अमेरिकीले विदेशी विद्यार्थीहरूको लागि अस्थायीरुपमा भिसा रोकेको जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई पत्र लेखेर अर्को निर्देशन नआउँदासम्म विदेशी विद्यार्थीहरुलाई भिसा नदिन भनेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो
स्टुडेन्ट भिसा प्रक्रियाका लागि आवेदन तथा अन्तर्वाता रोक्न निर्देशन सहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वभर रहेका दूतावासहरुलाई निर्देशन जारी गरेको अमेरिकी समाचार एजेन्सी सीबीएसले जनाएको छ । समाचारमा जनाईए अनुसार अब भिसा आवेदकको सामाजिक संजाल मिहिन अध्यन गरिने छ । अहिले अस्थायीरुपमा रोक्का गरिएको जनाईएपनि कहिलेबाट पुनःसुरु हुन्छ भन्ने कतै उल्लेख गरिएको छैन ।
गत हप्ता ट्रम्प प्रशासनले हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थीहरू भर्ना गर्न दिने अनुमति रद्द गरेको थियो ।