आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारले गर्‍यो आठ सचिवको सरुवा

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 mins read
0
प्रधानमन्त्री कार्यालयको ट्विटर पुन: सञ्चालन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले निजामती कर्मचारीको विशिष्ट श्रेणीको सचिव पदमा विभिन्न निकायमा कार्यरत ८ जनाको सरुवा गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ८ सचिवको सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले दिएको जानकारी अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रशासनतर्फका सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । लोक सेवा आयोगका सचिव डिल्लीराम शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रशासनतर्फ ल्याइएको छ ।

संस्कृति मन्त्रालयका सचिव विनोद प्रकाश सिंह गत वैशाख २५ गते अनिवार्य अवकाशमा गएपछि त्यहाँ सचिव पद रिक्त थियो । त्यस्तै राष्ट्रपति कार्यालयका सचिव डा. रामप्रसाद घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा गरिएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिव गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुर्‍याइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्मालाई लोक सेवा आयोगको सचिवमा सरुवा गरिएको छ। गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ। महालेखा नियन्त्रक कार्यालयमा सचिव पद रिक्त थियो ।
बैठकले प्रशासनतर्फको रिक्त सचिव पदमा भूपाल बराल र प्राविधिकतर्फको रिक्त सचिव पदमा दीनानाथ शर्मालाई बढुवा गरेको एक मन्त्रीले जानकारी दिए । प्राविधिकतर्फ सचिवमा बढुवा भएका मिश्रलाई रिक्त जल तथा ऊर्जा आयोगमा पदस्थापन गरिएको स्रोतले जानकारी दियो ।

सचिवमा बढुवा भएका बराललाई बागमती प्रदेशको मुख्यसचिवमा पदस्थापन गरिएको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेका शोभाकान्त पौडेललाई गण्डकी प्रदेशको प्रमुख सचिव बनाइएको छ ।

बागमती प्रदेशमा नवनियुक्त सचिव बराललाई पठाएपछि त्यहाँ रहेका प्रमुख सचिव महादेव पन्थलाई हाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको र केही दिनमा अर्को जिम्मेवारीमा पठाइने स्रोतले जनायो ।

यो पनि पढ्नुहोस्

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

५ घण्टा अगाडि
सोमारी महोत्सवमा कलाकारसँग विभेद

सोमारी महोत्सवमा कलाकारसँग विभेद

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक