बिहि, साउन १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भाकपा (माओवादी) का महासचिव राव मारिएको घटनामा माओवादी केन्द्रले मुख खोल्यो

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 mins read
0
भाकपा (माओवादी) का महासचिव राव मारिएको घटनामा माओवादी केन्द्रले मुख खोल्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाण्डौ / नेकपा (माओवादी केन्द्र)ले भारतीय माओवादीका नेता मारिएको घटनाप्रति ध्यानाकर्षण जनाएको छ।

घटनाबारे वार्ताको माध्यमबाट समाधान खोज्न र संयमता अपनाउन आग्रह गरेको छ। प्रवक्ताका अनुसार, पार्टीले राजनीतिक समस्या समाधानका लागि वार्ताको विकल्प खोज्न जोड दिएको छ। राज्य दमनको विरोध गर्दै नेताहरू मारिएको घटनाको निन्दा गरेको छ। जेठ ७ गते भारतीय सुरक्षा बलको कारबाहीमा रावसहित २७ जना माओवादीको मृत्यु भएको थियो। यस घटनालाई लिएर नेकपा (माओवादी केन्द्र) ले आधिकारिक धारणा सार्वजनिक गरेको छ।

नेकपा (माओवादी केन्द्र) ले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नम्बाला केशव राव ‘बसवराजु’ सहित २७ जना मारिएको घटनामा ६ दिनपछि प्रतिक्रिया दिएको छ । सोमबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा उक्त घटनाका विषयमा समेत छलफल भएको प्रवक्ता अग्नि सापकोटाले जनाए ।

‘गत जेठ ७ गते भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव केशव राव ‘बसवराजु’ लगायत दर्जनौँ नेताहरूको हत्याप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ’, ‘उत्पन्न राजनीतिक समस्याहरूको समाधान दमनको तरिकाले नभई वार्ताको माध्यमबाट खोज्न पनि आग्रह गर्दछ ।

दुवै पक्षलाई संयमता अपनाउन आग्रह गर्दछ’ द्वन्द्व व्यवस्थापनका लागि विकसित नयाँ– नयाँ विकल्पहरूको खोजी गर्दै राजनीतिक समस्याको समाधान राजनीतिक तवरबाट नै गर्न माओवादीले जोड दिएको छ । पार्टी उपाध्यक्ष समेत रहेका सापकोटाले जागरण अभियानको क्रममा राजधानी बाहिर भएकाले यसबारे धारणा सार्वजनिक गर्न ढिलाइ भएको जिकिर गरे । उक्त घटना सम्बन्धमा पार्टीले आधिकारीक धारणा सार्वजनिक गरिसकेकाले थप केही बोलिराख्नु आवश्यक नभएको बताए ।

‘भारतीय कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू मारिएको विषयमा पार्टीको आधिकारिक धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको छ । जागरण अभियानको क्रममा बाहिर जिल्लामा भएकाले केही दिन ढिलाइ भएको छ । थप केही बोलिराख्नु आवश्यक छैन’, उनले भने । महासचिव देव गुरुङले भारतीय माओवादी आन्दोलन राजनीति भएकाले समस्याको समाधान वार्ताबाट हुनुपर्छ भन्ने पार्टीको मान्यता रहेका बताए ।

राज्य दमनबाट समस्याको समाधान नहुने भन्दै उनले घटनाले गम्भीर बनाएको बताए । ‘भारतीय माओवादीले वार्ताका लागि ४ पटकसम्म पत्र पठाएको थियो । तर राज्यले दमन गरेर महासचिव सहित ठुलो सङ्ख्यामा मारिएका छन् । यसको हामीले निन्दा गर्छौँ नै । पार्टीभित्र पनि घटनाबारे गम्भीर छलफल भएको छ’, उनले भने । जेठ ७ गते भारतीय सुरक्षा बलको कारबाहीमा राव लगायत २७ जना माओवादीको मृत्यु भएको थियो ।

भारतीय सुरक्षा बलले ‘अप्रेसन ब्ल्याक फरेस्ट’ कारबाहीमा ठुलो सङ्ख्यामा माओवादीहरू हताहती भएको विषयलाई भाजपाका नेताहरूले सफलता भएको बताएका छन् । छत्तीसगढ राज्य अन्तर्गत नारायणपुर, बीजापुर आसपासको जंगलमा दोहोरो मुठभेडको नाममा हत्या गरिएको भन्दै यसअघि नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा बहुमत, वैज्ञानिक समाजवादी पार्टी लगायत माओवादी घटकहरूले कडा रूपमा भर्त्सना गरेका थिए ।

यो पनि पढ्नुहोस्

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

१० घण्टा अगाडि
पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

घट्याे सुनचाँदीकाे भाउ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक