काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले तमासा देखाएको टिप्पणी गरेका छन्।
सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउने भनेर नचाहिने कुरा गर्दै हिँडिरहनु उचित नहुने जनाएका हुन्।
उनले ज्योतिषीहरु पात्रो पल्टाएर हजुरबुबा नभए नाति त पक्कै राजा हुन्छ भन्दै हिँड्ने गरेको बताए। उनले राजतन्त्र समर्थकहरु राजा ल्याउने भन्दै सडकमा आएर तमासा देखाइरहेको जनाए।
उनले, ‘अर्कोथरी फेरि चाहिने नचाहिने कुरा गरेर अब कोही ज्योतिषी अब यसो पल्टाएर हुन्छ, हुन्छ भन्यो। अर्को निस्किन्छ, अर्को पात्रो पल्टाउँछ, हजुरबाउ भएन भने नाति त पक्कै भन्छ फेरि। त्यसो भए हिँड भाइ हो सडकमा भन्छ अर्काले। यो खालको तमासा पनि त्यसै दिन आइहाल्यो।’
जेठ १५ गते राजावादीहरुले राजतन्त्र पुनःस्थापनाका लागि आन्दोलन गर्दैछन्।