मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तस्लीम अन्सारीमाथि भएको अन्याय विरुद्ध संघीय गणतान्त्रिक मोर्चाले आन्दोलन गर्ने 

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
तस्लीम अन्सारीमाथि भएको अन्याय विरुद्ध संघीय गणतान्त्रिक मोर्चाले आन्दोलन गर्ने 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिका–५ का तस्लीम अन्सारीमाथि केही अपराधिक मानसिकता भएका व्यक्तिहरूले गरेको अमानवीय र अपमानजनक व्यवहारलाई लिएर राष्ट्रिय स्तरमै चासो बढिरहेको बेला संघीय गणतान्त्रिक गठबन्धनका शीर्ष नेताहरू पीडित पक्षसँग ऐक्यबद्धता जनाउन सिधै घटनास्थलमा पुगे ।
तस्लीम अन्सारी गम्भीर रूपमा छतविक्षत अवस्थामा पीडित भइरहँदा समेत राज्य संयन्त्रले दोषीलाई कारबाही गर्नुको साटो पीडकमाथिनै उल्टै मुद्दा लगाएर थुनिराखेको छ ।
नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले यसप्रति गहिरो आक्रोश व्यक्त गरेका छन् ।
उनले भनेका छन्, “यो एकदम निन्दनीय छ । पीडित तस्लीम अन्सारीमाथि अन्याय हुनु त लाजमर्दो छँदैछ, तर राज्य संयन्त्रले उल्टै उनीमाथि मुद्दा लगाई थुनिराख्नु—यो हाम्रो न्याय प्रणालीकै घोर अपमान हो। यो घटनाले देखाउँछ कि पीडित होइन, शक्तिशालीको पक्षमा कानुन उभिन्छ भन्ने भ्रम अझै जीवित छ।“
“हाम्रो राजनीति आत्मसम्मान र राज्य सत्तामै पहुँचको लागि हो । हामी राजनीतिक गर्छौं पदका लागि होइन। हामी यो आन्दोलन न्यायको लागि, पहिचानको लागि, आत्मसम्मान र उत्पीडित जनताको राज्य सत्तामा पहुँच सुनिश्चित गर्नका लागि गर्छौं,’ उनले भने ।
उनले थप प्रष्ट पारे, “आज मुस्लिम पीडित छन्। भोलि हिन्दु होस्, सिख, इसाई वा आदिवासी जनजाति—यदि अन्याय भयो भने संघीय गणतान्त्रिक मोर्चा उनीहरूकै पक्षमा उभिन्छ। हामी जात, धर्म होइन, पीडा र अन्याय हेर्छौं।“
जेठ १५ मा जनकपुरमा विशाल जुलुस र मोर्चाको औपचारिक घोषणा हुने
पूर्वमन्त्री अन्सारीले जेठ १५ गते गणतन्त्र दिवसको दिन जनकपुरमा ’संघीय गणतान्त्रिक मोर्चा’ को औपचारिक घोषणा गरिने जानकारी गराउँदै, “न्याय, समानता र सामाजिक परिवर्तनका लागि यो ऐतिहासिक मोर्चा बन्नेछ,“ भन्दै सम्पूर्ण उत्पीडित वर्गलाई सहभागी हुन आह्वान गरे ।
यस्तै, बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दन कुमार रञ्जनले राज्यको यो चरित्र संविधान र गणतन्त्रको आत्मामाथिको घात रहेको बताएका छन् । यसैगरी, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले संविधानले दिएको मौलिक हक अब सडकबाट लिने कागजबाट होइन भन्ने उद्घोष गरे ।
त्यस्तै, नेपाल जनजागृति पार्टीका ध्रुवलाल निषादले भने, “संघीयता र समावेशीताको नाममा पीडित वर्गलाई हेपिएको छ, अब प्रतिकार हुनेछ ।“
यस्तै, मधेश प्रदेशका सांसद एवं नेपाल संघीय समाजवादी पार्टीकी नेतृ बिमला अन्सारीले तस्लीम अन्सारी निर्दोष रहेको दाबी गर्दै राज्यले तुरुन्त रिहा नगरे निर्णायक आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।
सर्लाहीको एक पीडितको आवाज आज राष्ट्रिय न्यायको सवालमा रूपान्तरण भएको छ। संघीय गणतान्त्रिक मोर्चाको घोषणा केवल राजनीतिक कदम होइन, यो सामाजिक परिवर्तन, न्यायको पुनस्र्थापना, र उत्पीडित वर्गहरूको राजनीतिक सशक्तिकरण को ऐतिहासिक सुरुवात रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

१६ घण्टा अगाडि
सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

मुद्राको विनिमयदर सार्वजनिक

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

क्यान महासंघमा नेतृत्व परिवर्तन

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक