आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

वीरगंज रक्तसंचार केन्द्रमा बिचौलियाको बिगबिगी

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
वीरगंज रक्तसंचार केन्द्रमा बिचौलियाको बिगबिगी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगंज/पावरवाला ‘बिचौलिया’लाई तुरुन्त ब्लड, तर साधारण बिरामी ‘घण्टौं’ हैरानी खेप्न बाध्य छन्। वीरगंजस्थित रक्तसंचार केन्द्रको यथार्थ यही हो–जहाँ सेवा होइन, पहुँचले प्राथमिकता पाउँछ, जहाँ ज्यान बचाउने कामभन्दा पहिले सिफारिश खोजिन्छ।

‘रक्तदान जीवनदान’ भन्ने नारा बिपरित, वीरगंजको यो केन्द्रमा जीवन र मृत्युलाई पहुँच र सिफारिसको तराजुमा तौलिन्छ। साधारण बिरामी, महिला, विपन्न वर्ग वा आकस्मिक अवस्थामा परेका व्यक्तिहरूले यहाँ ब्लड नपाएर अस्पतालका बेडमै छटपटिनुपर्ने अवस्था सामान्य भइसकेको छ।
स्थानीयहरू भन्छन्–यहाँ बिचौलियाहरूको खुलेआम चलखेल छ। पहुँचवालहरूको सिफारिस, निजी अस्पताल अस्पतालसँगको साँठगाँठ, रेडक्रसमा चल्ने आन्तरिक ‘सेटिङ’ वा उच्च अधिकारीको फोन पुगेपछि भने ब्लड तुरुन्तै उपलब्ध हुन्छ। तर पहुँचविहीन सर्वसाधारणका लागि भने केन्द्रका कर्मचारीले ‘ब्लड छैन’ भन्न हिचकिचाउँदैनन्।

रक्त संचार केन्द्रका कर्मचारीहरूको व्यवहार पनि दिनानुदिन असहयोगी र अपमानजनक बन्दै गएको गुनासो तीव्र रूपमा बढेको छ। एक नियमित रक्तदाताले भने, “मैले १७ पटक रक्तदान गरिसकेको छु। तर केही दिनअघि चिनजानको एक जनालाई ब्लड आवश्यक परेपछि फोन गर्दा केन्द्र प्रमुख सौरभराज पाण्डे देखि कुनै पनि कर्मचारीले फोन उठाएनन्। बिरामीका आफन्त केन्द्रमा पुग्दा भने जवाफ आयो—‘ब्लड छैन।’ व्यवहार यति अपमानजनक थियो कि लाग्यो, यहाँ हामी सेवाग्राही होइन, अपराधीजस्तो व्यवहार गरिन्छ।”

प्रश्न उठ्छ–के ब्लडको अभावले यस्तो अवस्था आएको हो त? सामाजिक अभियन्ताहरू भन्छन्– होइन। ब्लड एकै दिनमा ४–५ यूनिटसम्म बिचौलियाको हातमा पुगिरहेको देखिन्छ। यसको अर्थ स्रोतको होइन, व्यवस्थापन, नीतिगत पारदर्शिता र इच्छाशक्तिको गम्भीर अभाव हो। जब संस्थागत प्रणाली कमजोर हुन्छ, तब त्यसको प्रत्यक्ष मार आमनागरिकमाथि पर्छ– अहिलेको अवस्था त्यसैको ज्वलन्त उदाहरण हो।

समयमै ब्लड नपाएर ज्यान गुमाउने घटनाहरू दर्जनौं छन्। प्रसूति गरिरहेकी आमाले रक्तस्रावको सामना गर्न नसक्दा ज्यान गुमाएको, सवारी दुर्घटनामा परेकाले अस्पतालमै प्राण त्याग्नुपरेको वा आकस्मिक अपरेशन रोकिएको घटनाहरू छरपस्ट छन्। तर त्यस्ता घटनाहरू तथ्यांकमा दर्ज हुँदैनन्, न अनुसन्धान हुन्छ, न कसैले जवाफदेही लिन्छ।

अझ गम्भीर कुरा त के छ भने यस्तो संवेदनशील विषयमा अनुगमन गर्ने जिम्मेवारी पाएका निकायहरू समेत मौन छन्। जिल्ला स्वास्थ्य कार्यालय, रेडक्रस सोसाइटी, स्वास्थ्य मन्त्रालय–कसैले पनि नियमित निरीक्षण गर्दैनन्, जनगुनासोको सुनुवाइ हुँदैन। यस्तो चुप्पी केवल लापरवाही होइन, साझा अपराध हो।

वीरगंज रक्तसंचार केन्द्रमा देखिएको यो अवस्था केवल प्रशासकीय कमजोरीको परिणाम होइन, यो मानवीयताको अपमान हो। पहुँचवालालाई प्राथमिकता र साधारण नागरिकलाई अपमान–यो व्यवहार कुनै पनि हिसाबले स्वीकार्य हुन सक्दैन। अब समय आएको छ–स्थानीय प्रशासन, स्वास्थ्य मन्त्रालय र रेडक्रस संस्थाले तत्काल हस्तक्षेप गरी निष्पक्ष, पारदर्शी र सेवामुखी प्रणालीको स्थापना गरोस्। होइन भने, ‘ब्लड बैंक’को नाममा सञ्चालित यो ‘ब्लड बजार’ले अझ कति नागरिकको अकालमै ज्यान जाने हो, त्यसको हिसाब गर्ने कोही हुनेछैन।

यो पनि पढ्नुहोस्

सहकारीको बचत अपचलन हुँदा लाखौँ जनता बिचल्लीमा

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

३३ मिनेट अगाडि
लालीबजार विरुद्ध मण्डलमा प्रदर्शन

लालीबजार विरुद्ध मण्डलमा प्रदर्शन

३८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

४ हजार ६३१ सवारी दुर्घटना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक