शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

लुका मोड्रिचको सुखद् बिदाइ

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 4 mins read
0
लुका मोड्रिचको सुखद् बिदाइ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । रियल म्यड्रिडका लागि आफ्नो अन्तिम खेलको अन्तिम सिट्टीसँगै प्रशिक्षक कार्लो एन्सेलोटीको आँखा रसाए। निकै भावुक भएका एन्सेलोटी जारी सिजन उपाधि विहिन बन्दै क्लब करिअर अन्त गर्न बाध्य भए।

यद्यपि शनिबार ला लिगाको अन्तिम खेलमा रियाल सोसिडाडलाई २-० ले हराउँदै प्रशिक्षक कार्लो एन्सेलोट्टी र मिडफिल्डर लुका मोड्रिचको सुखद् बिदाइ गर्न टोली सफल रह्यो।

एन्सेलोटीले अब ब्राजिलको राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्ने छन्। मोड्रिचले आगामी महिना अमेरिकामा आयोजना हुने क्लब विश्वकपपछि क्लब छाड्ने पक्का भएको छ।

सान्टियागो बर्नबेउको अन्तिम खेलले वातावरण निकै भावुक बन्यो। खेल सुरु हुनुअघि रंगशालामा एन्सेलोट्टी र मोड्रिचको ठूला पोस्टर देखाइएको थियो ।

क्रोएसियाली मिडफिल्डर मोड्रिचको नाम घोषणा हुँदा स्टेडियममा ठूलो तालीले समर्थकहरुले उनको बिदाइ गरेका थिए। खेलको १०औं मिनेटमा दर्शकहरूले उभिएर मोड्रिच, मोड्रिच भन्दै नाराबाजी गरेका थिए। ८७औं मिनेटमा उनी मैदानबाट बाहिरिँदा दुवै टोलीका खेलाडीले उनलाई गार्ड अफ अनर दिएर बिदाइ गरे।

यसैगरी रक्षक लुकास भास्क्वेजले पनि रियल छाड्ने पक्का भएको छ। घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा घरेलु टोली रियाललाई जित दिलाउन दुवै गोल किलियन एमबाप्पेले गरे।

जितसँगै रियालले ३८ खेलमा ८४ अंकका साथ दोस्रो स्थानमा रहेर लिगको अन्त गरेको छ। पराजित सोसिडाड समान खेलबाट ४८ अंकका साथ ११औं स्थानमा रह्यो।

खेलको ३८औं मिनेटमा एमबाप्पेको पेनाल्टी प्रहारलाई उनाई मारेरोले बचाएका थिए, तर रिबाउन्डमा गोल गर्दै एमबाप्पेले नै रियाललाई अग्रता दिलाए।

एमबाप्पलेले ८३औं मिनेटमा भिनिसियस जुनियरको पासलाई सदुपयोग गर्दै रियाललाई सहज जित दिलाए। लालिगाको उपाधि भने तीन खेल बाँकी हुँदै बार्सिलोनाले जितेको थियो।

यो पनि पढ्नुहोस्

एन्फाबारे छानबिन गर्न समिति गठन

एन्फाबारे छानबिन गर्न समिति गठन

१४ घण्टा अगाडि
विश्वकपमा मेक्सिकोको सहज जित

विश्वकपमा मेक्सिकोको सहज जित

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा

एन्फाबारे छानबिन गर्न समिति गठन

इतिहासमै ठुलो वित्तीय अपराध : बिचौलिया भट्टदेखि व्यावसायिक घरानाविरुद्ध एकैपटक चार मुद्दा दायर

नेपालभाषाकाे पाठ्यपुस्तक अभावबारे ध्यानाकर्षण

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक