काठमाडौं । उपत्यकाबासीकाे पर्खाइमा रहेकाे ग्वार्काे चोकको फ्लाइओभरमा गाडी सञ्चालन हुने भएकाे छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जेठको अन्तिमदेखि ललितपुरस्थित ग्वार्काे चोकको फ्लाइओभरमा गाडी सञ्चालन हुने जनाएका छन् ।
फ्लाइओभरको आज आइतबार स्थलगत निरीक्षण गर्दै मन्त्री दाहालले जेठको अन्तिमसम्म सबै काम सम्पन्न गरेर फ्लाइओभरमा गाडी सञ्चालन हुने जानकारी गराए । फ्लाइओभर सञ्चालन पश्चात उत्त क्षेत्रको जाम अन्त्य हुने उनले दाबी गरे । अहिले फ्लाइओभरको बीचमा माटो भरेर एकातिर कालोपत्रे भइसकेको छ भने अर्को तर्फ पनि कालोपत्रे गर्ने तयारी भइरहेको छ । कालोपत्रे गर्ने काम सम्पन्न भएपछि सवारी आवागमन खुला गरिने मन्त्री दाहालले जनाए।
सडक विभागले ईपीसी मोडलमा फ्लाइओभर निर्माण गर्ने गरी २०७८ माघमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग ठेक्का सम्झौता गरेको थियो । समयमा नै निर्माण सम्पन्न नभएपछि पटकपटक थप गरेर दिएको अन्तिम म्याद गत पुस ८ गते नै सकिसकेको छ । म्याद सकिएपछि निर्माण कम्पनीले निरन्तर काम गर्दै आएको छ ।