काठमाडौं। सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिट निवेदनमा आज सुनुवाइ सुरु भएको छ । मंगलबारबाट न्यायाधीश नहकुल सुवेदी र बालुकृष्ण ढकालको इजलासमा सुनुवाइ भए पनि बुधबार भने स्थगित भएको थियो ।
आज सोहि इजलासमा सुनुवाई सुरु भएको हो ।
लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटसँगै थुनामा राख्ने उच्च अदालत बुटवल इजलासको आदेश विरुद्धको ७३ नम्बरको निवेदनमा सुनुवाई भैरहेको छ । लामिछाने जोडिएको सहकारी प्रकरणमा जोडिएका पूर्व डिआइजी छविलाल जोशीको ७३ नम्बरको निवेदन पनि सँगै राखेर सुनुवाई भैरहेको छ ।


