बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाललगायत हिमाली क्षेत्र द्रुतगतिमा बढ्दो जलवायु सङ्कटको अग्रपङ्क्तिमा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाललगायत हिमाली क्षेत्र द्रुतगतिमा बढ्दो जलवायु सङ्कटको अग्रपङ्क्तिमा

वनमन्त्री ठकुरी काठमाडौँ, २ जेठः काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक छलफलमा धारणा राख्नुहुँदै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी । तस्बिरः प्रदीपराज वन्त÷रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरू केवल भव्य मात्र नभई अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका बताएका छन् ।

सगरमाथा संवादको उद्घाटन समारोहपछि भएको पूर्ण सत्रमा आज उनले नेपालका तर्फबाट वक्तव्य दिँदै हाल नेपाललगायत हिमाली क्षेत्र द्रुतगतिमा बढ्दो जलवायु सङ्कटको अग्रपङ्क्तिमा रहेका उल्लेख गरे ।

उनले भने, “हाम्रो आँखै अगाडि हिमाली परिदृश्य रूपान्तरण हुँदैछ । हिमनदीहरू घट्दैछन् । परिस्थितिकीय प्रणाली बदलिँदैछ । परम्परागत जीवनशैलीहरू उल्टिँदैछन् । यो स्थानीय नभई विश्वव्यापी सङ्कट हो ।”

विश्वका १४ मध्ये आठवटा अग्ला हिमालहरू भएको भूमि नेपालले यी प्राकृतिक धरोहरहरूको संरक्षण गर्ने पवित्र जिम्मेवारी बहन गर्दै आएको बताउँदै मन्त्री शाहीले मानवजातिको पाँच भागको एक भागलाई ताजा पानी, जैविक विविधता र आध्यात्मिक जीवनशक्ति प्रदान गर्दै आएको ‘तेस्रो ध्रुव’ का रूपमा परिचित क्षेत्रको महत्वपूर्ण हिस्साका रूपमा हाम्रा हिमालहरू रहेको उल्लेख गरे ।

यतिबेला हिमालयदेखि एन्डिजसम्म, आल्प्सदेखि रकिजसम्म विश्वका हिमालहरू सङ्कटमा रहेको बताउँदै उहाँले उच्च पहाडी भूभागदेखि टापुसम्मै जोखिम विद्यमान रहेको धारणा राखे । “पर्वतमा जे सुरु हुन्छ, क्रमशः तल्लो क्षेत्रतर्फ बग्दछ र नदीको प्रभाव क्षेत्र, कृषिजन्य मैदानहरू र तटीय परिस्थितिकीय प्रणालीहरूलाई समेत असर गर्दछ”, मन्त्री शाहीले भने, “वास्तवमा, मानवजातिको भविष्य यी पहाडहरूको भविष्यसँग गाँसिएको छ । जलवायु सूचकहरूले खतराको सीमा पार गरिरहेका छन् । विश्व मौसम विज्ञान सङ्गठनका अनुसार सन् २०२४ विगत १७५ वर्षकै सबैभन्दा तातो वर्ष थियो ।”

पर्वतीय क्षेत्रहरूको तापक्रम विश्वव्यापी औसतभन्दा दोब्बरले वृद्धि हुँदै गइरहेको कुरा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) को छैटौँ मूल्याङ्कन प्रतिवेदनले पुष्टि गरिसकेको छ । हिमनदीहरू घट्दै जानेदेखि हिमतालहरू फुट्ने, हिमपहिरो, बाढी र बदलिँदो जलचक्रसम्मका जलवायु परिवर्तनका नकारात्मक परिणामहरू व्याप्त भएका छन् ।

नेपालका लागि यी जोखिमहरू विशेष रूपमा गम्भीर रहेको अवगत गराउँदै मन्त्री शाहीले सबैभन्दा जोखिममा रहेका साना किसान, महिला, आदिवासी समुदाय, दलित, बालबालिका र वृद्धवृद्धाहरूले बढी भार बहन गर्नुपरेको उल्लेख गरे ।

“कार्बन उत्सर्जनमा हाम्रो योगदान नगण्य हुँदाहुँदै पनि आफूले सिर्जना नगरेको जलवायु सङ्कटको सम्पूर्ण प्रहार हामी बेहोर्दैछौँ । हाम्रो सामाजिक–आर्थिक विकासको लागत चुलिँदै गइरहेको छ । अल्पविकसित राष्ट्रहरू (एलडिसी) को समूहबाट स्तरोन्नति हुने एवम् सन् २०४३ भित्र विकसित राष्ट्रको स्तर हासिल गर्नेलगायत हाम्रा विकासका आकाङ्क्षाहरूमा जलवायु परिवर्तनले प्रतिकूल प्रभाव पारेको छ”, उनले भने ।

मन्त्री शाहीले अगाडि उल्लेख गरे,“सन् २०२३ मा नेपालको प्रतिव्यक्ति कार्बनडाइअक्साइड उत्सर्जन शून्य दशमलव ५७ टन मात्र रह्यो जुन छ दशमलव ७६ टनको विश्वव्यापी औसतभन्दा धेरै न्यून हो । यसका अतिरिक्त, मुलुकको करिब ४६ प्रतिशत भूभाग ओगट्ने हाम्रा वनजङ्गगलहरू कार्बन शोषक एवम् जैविक विविधताका लागि संरक्षणस्थलका रूपमा क्रियाशील छन् ।”

कठिन चुनौतीहरूका बाबजुद पनि आफ्नो जलवायु नेतृत्वमा नेपाल दृढ रहेको उनको भनाइ थियो । नेपालले राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडिसी) विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्षअगाडि सन् २०४५ भित्रै खुद शून्य उत्सर्जन हासिल गर्ने लक्ष्य लिएको छ । जलवायु लक्ष्य हासिल गर्नमा विश्व समुदायको सहयोग र जिम्मेवारी आवश्यक रहेको उल्लेख गर्दै उनले साझा तर भिन्न दायित्व र सम्बन्धित क्षमताको सिद्धान्तले हामीलाई मार्गदर्शन गर्नुपर्ने बताए ।

तीव्र गतिमा हिममण्डल विनाश भइरहेको नेपालजस्ता हिमाली राष्ट्रलाई सहयोगमा प्राथमिकता दिनुपर्ने माग गर्दै मन्त्री शाहीले सङ्कटको गम्भीरता र आवश्यकताको स्तरअनुसार कोप ३० ले जलवायु वित्तप्रतिको प्रतिबद्धतालाई थप बढाउनुपर्ने सुझाव दिए । “हानि र नोक्सानीको सम्बोधन कुनै दान होइन, यो जलवायु न्याय हो”, मन्त्री शाहीले भने, “नेपालले कार्बन बजारलाई अवसरका रूपमा हेर्छ र यो निष्पक्षता, वातावरणीय निष्ठा र स्थानीय समुदायमा प्रत्यक्ष लाभ सुनिश्चित गर्ने सिद्धान्तद्वारा परिचालित हुनुपर्दछ ।”

विश्वव्यापी तापक्रमलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्न अझै पनि सम्भव रहेको र त्यसका लागि सामूहिक, निर्णायक र द्रुतकार्यबाट मात्र सम्भव रहेको उनको भनाइ थियो ।

यो पनि पढ्नुहोस्

देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै विश्व वातावरण दिवस

देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै विश्व वातावरण दिवस

५ दिन अगाडि
देशभर तापक्रम बढ्दै

केही दिनयता देशभर गर्मी बढ्दै

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

मन्त्रिपरिषद् विस्तार जारी

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक