काठमाडौं । विद्यार्थी हकहित एवम् अधिकार प्राप्तिको आन्दोलनमा लाग्नुपर्ने विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष मुक्ति गैरेले जनाएका छन् ।
आज ६१ औं विद्यार्थी दिवसको अवसरमा सम्पूर्ण विद्यार्थीमा शुभकामना दिदै नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्थाद्वारा निर्देशित नवऔपनिवेशिक पुँजीवादी शिक्षा प्रणालीको अन्त्य र वैज्ञानिक समाजवादी शिक्षा प्रणालीका लागि विद्यार्थी हकहित एवम् अधिकार प्राप्तिको आन्दोलन तथा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको त्रिआयाम सङघर्षलाई वैज्ञानिक समाजवादी जनक्रान्तिसँग एकाकार गर्न अपरिहार्य भएको बताएका छन् । उनलेे जारी गरेको सुभकामना वक्तव्य जस्ताको त्यस्तै :
“६१ औं विद्यार्थी दिवसको शुभकामना
सर्वप्रथम सङघर्ष, बलिदान र विजयको ऐतिहासिक ६१ औं विद्यार्थी दिवसका अवसरमा सम्पूर्ण विद्यार्थीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं। राणा, पन्चायत र राजतन्त्र विरुद्धको आन्दोलनमा बलशाली सावित विद्यार्थी शक्तिले अब नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनाका खातिर नयाँ कार्यभार पूरा गर्न जरूरी छ । नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्थाद्वारा निर्देशित नवऔपनिवेशिक पुँजीवादी शिक्षा प्रणालीको अन्त्य र वैज्ञानिक समाजवादी शिक्षा प्रणालीका लागि विद्यार्थी हकहित एवम् अधिकार प्राप्तिको आन्दोलन तथा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको त्रिआयाम सङघर्षलाई वैज्ञानिक समाजवादी जनक्रान्तिसँग एकाकार गर्न अपरिहार्य छ । त्यसको लागि सम्पूर्ण विद्यार्थी शक्ति एकताबद्ध रूपमा अगाडि बढ्न हार्दिक आह्वान गर्दछौं। क्रान्तिकारी अभिवादनसहित !
मुक्ति गैरे
अध्यक्ष
१ जेठ, २०८२”



