शुक्र, अशोज ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बजेट विनियोजना गर्नुपर्नेमा जोड

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
बजेट विनियोजना गर्नुपर्नेमा जोड

बैठक उपस्थित सांसद काठमाडौा, ३१ वैशाखः नयाँ बानेश्वर सङ्घीय संसद भवनमा बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उपस्थित सांसदहरू । तस्बिरः प्रदीपराज वन्त÷रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सदस्यहरूले विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा संसद्मा प्रस्तुत भएका सुझावका आधार बजेट विनियोजना गर्नुपर्नेमा जोड दिएका छन् ।

आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर बाहेक) माथिको छलफलका क्रममा, “यस वर्षको विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकतामाथि बोल्ने कि नबोल्ने भन्ने दुविधामा थिएँ, किनकि छलफलका निष्र्कष बजेट विनियोजन र नीति निर्माणमा समावेश गरिँदैन । जतिसुकै सकारात्मक सुझाव भए पनि कार्यान्वयन गरिँदैन भने त्यस्तो छलफलमा समय खर्च गरेर के फाइदा हुन्छ ?”, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की नेता डा चन्दा कार्की (भण्डारी) ले प्रश्न गरिन् ।

जबसम्म नेतृत्वमा इमानदारिता, प्रतिबद्धता र देशप्रतिको माया हुँदैन, देशमा सुशासन हुँदैन, तबसम्म नीति तथा कार्यक्रम र बजेट सफल नहुने उनको भनाइ छ । उनले भनिन्, “न्यायालय, विश्वविद्यालय, प्रहरी, राजदूत, राष्ट्र बैंक, सबैमा राजनीतिक भागबण्डा भइरहेको छ, कही पनि वरिष्ठता र क्षमताको मूल्याङ्कन हुन सकेको छैन, यस्तो अवस्थामा नीति तथा कार्यक्रममाथि छलफल मात्रै गरेर कुनै अर्थ छैन ।”

राप्रपाका नेता दीपकबहादुर सिंहले भने, “हामी प्राकृतिक रूपमा धनी छौँ, त्यसलाई आम्दानीको स्रोत बनाउनुपर्छ भनेर पटकपटक मैले सरकारलाई भन्दै आएको छु, प्राकृतिक स्रोतको सदुपयोग गर्न सके हजारौँ युवाले रोजगारी पाउन सक्छन् ।”

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, रोजगारी सिर्जना गर्ने, हरेक क्षेत्रमा प्रविधिको प्रयोग गर्ने र अन्तरराष्ट्रियस्तरको गुणस्तर कायम गर्ने शिक्षाको व्यवस्था गर्नेगरी बजेट ल्याउनुपर्ने आवश्यकता औँल्याए ।

जनता समाजवादी पार्टी (जसपा) की नेता रञ्जुकुमारी झाले भनिन्, “प्राथमिकता र सिद्धान्तको १० वटा बुँदामध्ये एउटा बुँदामा विकास, समन्वय र सहकारीको कुरा गरिएको छ, यो सकारात्मक हो, तर सन्तुलित र सकारात्मक विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक छ ।”

यो पनि पढ्नुहोस्

कांग्रेसको मत परिणाम सार्वजनिक

९ घण्टा अगाडि
कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक