मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कुष्ठरोग उल्मुलन विरुद्ध दुई दिने राष्ट्रिय सम्मेलन सुरु

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
कुष्ठरोग उल्मुलन विरुद्ध दुई दिने राष्ट्रिय सम्मेलन सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आजदेखि नेपालमा कुष्ठरोगको उल्मुलन तथा कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने भेदभाव विरुद्धको दुई दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको सम्मेलनको उद्‍घाटन आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

उद्‍घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने भेदभावविरुद्ध सरकारले आफना ठाउँबाट भूमिका निर्वाह गर्ने कुरामा कमी हुन नदिने जनाए । सरकारले पहिले देखि नै कुष्ठरोग उन्मुलनका लागि विशेष कार्यक्रम सञ्चालन गर्दै आएको उनले स्पष्ट पारे । कुष्ठरोगमा हुने विभेदविरुद्ध नागरिक स्तरको भूमिका आवश्यक रहेको प्रधानमन्त्री ओलीले जनाए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा भएको उद्‍घाटन शत्रमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले सम्मेलनको उद्देश्यमाथि प्रकाश पारे । देवकोटाले मन्त्रालयकातर्फबाट कुष्ठरोगको हालको अवस्था, चुनौती तथा रणनीतिक मार्गचित्र सम्बन्धी जानकारी गराएका थिए ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिका सभापति अम्बरबहादुर थापा, नेपाल कानुन समाजका अध्यक्ष एवम् पूर्वउपसभामुख पुष्पा भुसाल, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजेश सम्भाजिराओ, संगठनका गुडवील एम्बास्डर योही साकाकावाको उपिस्थित थियो ।

सहआयोजकका तर्फबाट शोभाखर कंडेल र आइडिया नेपालका अमर तिमिल्सिनाले सम्मेलनका क्रममा उच्च स्तरको राजनीतिक प्रतिवद्धताका लागि वकालत गर्ने, कुष्ठरोग उल्मुलन तथा बिरामीको सहयोग र सुधारका लागि थप बल प्रदान गर्ने र कुष्ठरोग प्रभावित व्यक्तिको समावेशीकरण र स्वीकार्यता अभिवृद्धिका लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सासाकावा लेप्रोसी इनिसेटिभ्, नेपाल कानुन समाज, विश्व स्वास्थ्य संगठन नेपाल, कुष्ठरोग मिसन नेपाललगायतका संस्थाको सहकार्यमा भएको सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा कुष्ठ रोगनिवारणका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा संलग्न संघ÷संस्थाका विशेषज्ञ र जानकारसहित करिब ३०० जनाको सहभागिता रहेको छ ।

सम्मेलनमा नेपालमा कुष्ठरोग उन्मुलनका लागि भएका प्रयास सम्बन्धी विषयगत छलफलका हुनेछ । प्रदेश र स्थानीय तहमा कुष्ठरोग उल्मुलनको गति बढाउने विषयमा गहन मन्थन हुने पनि जानकारी दिइएको छ । साथै, कुष्ठरोग प्रभावित भनी छानिएका स्थानीय तहबाट भएका असल अभ्यास तथा चुनौती, भेदभाव न्यूनीकरण तथा मानवअधिकार सम्बन्धी छलफल र प्रस्तुती हुनेछ पनि सम्मेलनमा रहनेछन् ।कुष्ठरोग उल्मुलनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी, प्रभावित व्यक्तिलाई राज्यबाट प्रदान गरिने सेवा सुविधा, संरक्षणका लागि विद्यमान नीति, कानुनी पाटोकाबारे पनि सम्मेलनमा गहन छलफल हुने कार्यक्रम रहेको छ ।

नेपालमा प्रत्येक वर्ष करिब २ हजार ८६७ कुष्ठ रोगका नयाँ बिरामी दर्ता हुने गरेको तथ्यांक छ । हाल नेपालमा करिब २ लाखको संख्यामा कुष्ठरोगका बिरामी रहेकामा करिब ३० हजार अपाङगताको अवस्थामा रहेको अनुमान गरिएको छ । विश्वव्यापी लक्ष्यअनुरुप नेपालले सन् २०३० भित्र यो रोग उल्मुलन गर्ने प्रतिबद्धता जनाइसकेको छ । देशका १८ जिल्ला भने विश्वव्यापी मापदण्डभन्दा बढी अर्थात प्रति दशहजार जनसंख्यामा एक जनामा यो रोग देखा परेको छ ।जसमध्ये मधेश प्रदेशका सात जिल्ला पर्दछन् । गण्डकी प्रदेश सबैभन्दा कम कुष्ठरोगका बिरामी पाइएको छ ।

यो पनि पढ्नुहोस्

निःशुल्क स्वास्थ्य पोर्टलबाट सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघ्याे

निःशुल्क स्वास्थ्य पोर्टलबाट सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघ्याे

३८ मिनेट अगाडि
स्वास्थ्यसम्बन्धी निकायमा आवेदन आह्वान

स्वास्थ्यसम्बन्धी निकायमा आवेदन आह्वान

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक