काठमाडौं । नेकपा एमालेका सांसद हेमराज राईले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ प्रकरणले कानुनी शासनको खिल्लि उडाएको जनाएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो जनाएका हुन् । गत वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ गरेकाे थियाे ।
‘नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीमाथि गैरकानुनी ढंगले पक्राउ गर्ने र पाँच/पाँच घण्टासम्म कारागारमा राख्ने कामले यो देशको कानुनी राज्य र सुशासनको खिल्ली उडाएको छ’, एमाले सांसद राईले भने । यो घटना वा प्रकरणका संलग्न व्यक्तिमाथि छानबिन गर्न र कारबाहीको दायरामा ल्याउन उनको माग छ ।