काठमाडौं । स्वानिका बास्तोलाको निर्देशनमा बनेको नेपाली शिरियल “मुल घर” ले प्रदर्शन सुरु गरेको छ। शिरियल “मुल घर” छोटो समयमै युट्युबमा दर्शकहरूको मन जित्न सफल पनि भएको छ । शिरियलमा चर्चित कलाकारहरूको सहभागिता रहेको छ ।
गाउँघरमा हुने मुखिया तथा काजीको दमन, शोषण, पारिवारीक कलह, धनी र गरिब बिचको प्रेमको ब्यथा र परिवेशलाई आधार बनाएर एउटा मार्मिक कथा प्रस्तुत गरेको छ । यसको कथावस्तु, चरित्र चित्रण, र दृश्य संयोजनले छोटो समयमै दर्शकहरूलाई आकर्षित गर्न सफल भएको छ । निर्देशक बास्तोलाले यस शिरियलमा नेपाली समाजको परम्परागत मूल्यहरूलाई समकालीन शैलीमा प्रस्तुत गरेकी छन्। शिरियल “मुल घर” हाल प्रत्येक हप्ता बुधबार साझ ८ बजे मुलघर अफिसियल युटुयुब च्यानलबाट प्रसारण हुदै आएको छ ।
शिरियल “मुल घर” का चर्चित कलाकारहरु विनोद श्रेष्ठ , स्वानिका बास्तोला, सुमित्रा अधिकारी, आरजे सिं ठकुरीको सशक्त भुमिका रहेका छन भने नेगेटिभ भुमिकामा मोहन कृष्ण श्रेष्ठ र छुच्ची बुहारीमा छाया भुजेल को राम्रो अभिनय रहेको छ । साथै अन्य कलाकारहरुमा राम बुढाथोकी , सुपा खनाल, मीना जी सी , दिप शेर्पाली , नारायण खाती , रीमा दाहाल, प्रभु श्रेष्ठ, अभि श्रेष्ठ को अभिनय तारिफयोग्य छन ।
गीतको शब्दमा लोकराज अघिकारी , संगीतकार योगेश काजी शाह , सुरज खत्री रहेका छन भने स्वर सदिक्षा कटेलको रहेको छ । शिरियल “मुल घर” का सम्पादकमा दिप श्रीर्पाली र छायांकनमा देव श्रीर्पाली रहेका छन भने निमार्ता, निर्देशक तथा लेखन स्वनिका बास्तोलाको रहेको छ ।