काठमाडौं । सरकारले विगतमा विभिन्न सरकारद्वारा घोषण गरिएका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने भएको छ।
शुक्रबार सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीत तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जनाएका हुन्।सरकारले विकास निर्माणका क्रममा देखापरेका कमी, कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति, संस्कृति फर्ने जनाएको छ। साथै परियोजनालाई वर्गीकरण गरी आर्थिक वर्ष ०८२/०८३ मा सम्पन्न हुने र यस संसदको अवधिभित्र सम्पन्न हुनेगरी समयतालिका निर्धारण गर्ने भएको छ।
निर्माणाधिन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक श्रोतको आँकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगत गर्ने र त्रुटिपूर्ण परियोजना खारेजसमेत गर्नेछ।


