शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भावुक गीत “मेरी आमा” औपचारिक रूपमा सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
भावुक गीत “मेरी आमा” औपचारिक रूपमा सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सधैं पृथक र भावनात्मक निर्देशन शैलीका लागि चिनिँदै आएका निर्देशक thedumbdirector (सौरभ ढकाल) को निर्देशनमा तयार भएको भावुक गीत “मेरी आमा” आमा मुख हेर्ने पूर्वसन्ध्यामा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

संगीतकार तथा गायक प्रविन कुमार योन्जनको सुमधुर स्वरमा सजिएको यो गीतमा सुरज तामाङको शब्द, संगीत संयोजन तथा एरेञ्जमेन्ट रहेको छ। “मेरी आमा” ले आमाको निःस्वार्थ प्रेम, त्याग र संघर्षलाई गीत र भिडियोमार्फत गहिरो रुपमा चित्रण गरेको छ।

भिडियो निर्माणमा निर्देशक सौरभ ढकाललाई मुख्य सहायक निर्देशक उत्सव पौडेलले सहकार्य गरेका छन् भने मिडिया संयोजन तथा व्यवस्थापनको जिम्मेवारी विशाल प्याकुरेलले निर्वाह गरेका छन्। सम्पूर्ण टिमको समर्पणले गीतलाई थप जीवन्तता प्रदान गरेको छ।

भिडियोमा प्रमिला राई, किरण श्रेष्ठ, पृथक गुरुङ र दिनेश लामाले बाल्यकालदेखि जीवनका विविध चरणहरूमा आमाको प्रेम र संघर्षलाई उत्कृष्ट अभिनयमार्फत प्रस्तुत गरेका छन्। हरि हुंमागाईंको उत्कृष्ट छायांकन (DOP) र सञ्जय अधिकारीको सम्पादन, रङ सम्पादन तथा पोस्टर डिजाइनले भिडियोको भावनात्मक गहिराइलाई अझ प्रभावकारी बनाएका छन ।
सौरभ ढकाल (thedumbdirector) ले यसअघि मेयर बालेन शाहका “बलिदान”, “लोकल ठिटो”, “स्याबेज” तथा युनिक पोइटको “कालो” जस्ता चर्चित गीतहरू निर्देशन गरी आफ्नो पृथक पहिचान बनाइसकेका छन्। “मेरी आमा” मार्फत उनले फेरि एकपटक सशक्त निर्देशन क्षमताको उदाहरण प्रस्तुत गरेका छन्।

गीत सार्वजनिक भएसँगै युट्युब तथा अन्य प्रमुख संगीत प्लेटफर्महरूमा अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ। दर्शकहरूले आमाको निस्वार्थ मायालाई सम्झिँदै भावनात्मक प्रतिक्रियाहरू व्यक्त गरिरहेका छन्।

“मेरी आमा” — मातृप्रेमको अद्वितीय कथा, जसलाई अवश्य एक पटक सुन्नु र हेर्नु पर्नेछ।

यो पनि पढ्नुहोस्

के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो हप्तामा,

के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो हप्तामा,

४४ मिनेट अगाडि
चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर ट्रेन्डिङको ५ नम्बरमा

चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर ट्रेन्डिङको ५ नम्बरमा

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द

अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक