शुक्र, साउन २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विपक्षी दलहरूले अजेन्डाका आधारमा संसद्‍मा सहकार्य गर्ने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
विपक्षी दलहरूले अजेन्डाका आधारमा संसद्‍मा सहकार्य गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विपक्षी दलहरूले अजेन्डाका आधारमा संसद्‍मा सहकार्य गर्ने भएका छन् । यसको नेतृत्व आफूले गर्ने प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको निर्णय छ ।

शिक्षकहरू गत २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । उनीहरूले विगतमा भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षा ऐन खोजेका छन् ।

माओवादी केन्द्रका सांसद माधव सापकोटा भन्छन्, ‘शिक्षकको आन्दोलनको विषयमा सरकारलाई गम्भीर बनाउनुपर्ने पार्टीको निचोड छ । यस निम्ति हामी विपक्षी दलहरूले सरकारलाई जवाफदेही बनाउन सक्छौं ।’

संघीय संसद्‍को वर्षे अधिवेशनको पूर्वसन्ध्यामा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो नीति अवलम्बन गर्ने तय गरेको हो ।

यसअघि पनि संसद्‍मा विपक्षी दलहरू विषयका आधारमा एकताबद्ध भएर प्रस्तुत भएका थिए । सत्तापक्षले विपक्षी दललाई फाटोमा राख्न प्रयास गर्न सक्ने तर फेरि पनि आफूहरू सरकारको काम-कारबाही र बजेटका विषयमा एक भएर प्रस्तुत हुनुपर्छ भन्नेमा रहेको माओवादी नेताहरू बताउँछन् ।

बिहीबारको संसदीय दलको बैठकले संसदीय गतिविधिका विषयमा विपक्षी दलहरूसँग संवाद गर्ने निर्णय पनि गरेको छ ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार विपक्षी दलहरूसँग छलफल गरेरै संसदीय गतिविधिका विषयमा साझा धारणा बनाइनेछ ।

शिक्षकहरू सडक आन्दोलनमा रहेकाले उनीहरूको माग सम्बोधन गर्नका लागि समेत सरकारलाई दबाब दिन विपक्षी दलहरूबीच छलफल गरिने उनले बताएका हुन् ।

अन्य विपक्षी दलहरू पनि विषयका आधारमा सहकार्य हुनु स्वभाविक रहेको बताउँछन् । सरकारको काम-कारबाही, नीति तथा कार्यक्रम र बजेट जनताको पक्षमा बनाउन दलहरूसँग सहकार्य हुन सक्ने उनीहरूको जवाफ छ ।

रास्वपाको संसदीय दलको बैठक पनि बिहीबार बसेको थियो । जहाँ शिक्षकको आन्दोलनको विषयमा समेत छलफल भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘शिक्षा विधेयकको सन्दर्भमा संसदमा कसरी प्रस्तुत हुने, आगामी अधिवेशनलाई नेपाली जनता र देशको हितमा कसरी प्रयोग गर्ने भन्ने विषयमा छलफल भएको छ,’ उनले भने ।

प्रमुख सचेतक परियारका अनुसार बजेट अधिवेशनलाई प्रभावकारी बनाउन बजेटमाथिको छलफलको नेतृत्व पार्टीको तर्फबाट स्वर्णिम वाग्लेले नेतृत्व गर्नेछन् ।

अजेन्डागत रूपमा वाग्लेले विपक्षी दलसँग समेत छलफल गर्नेछन् । विपक्षी दलहरूले यस्तो बेला जनताको आवाज सही ढंगले उठाउन सक्नुपर्ने र यस निम्ति आफूहरूको प्रयास रहने झाको जवाफ छ ।

शिक्षकको माग सम्बोधन गर्न प्रभावकारी भूमिका खेल्ने पनि रास्वपा संसदीय दलको निर्णय छ । यस निम्ति रास्वपाका सांसदहरू शिशिर खनाल, तोसिमा कार्की र सुमना श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । यो जिम्मेवारी पाउने सांसदले पनि विपक्षी दलहरूसँग संवाद गर्न सक्छन् ।

संघीय निजामती विधेयक अगाडि बढाउन पार्टीको तर्फबाट भूमिका खेल्ने जिम्मेवारी डा. चन्दा कार्कीलाई दिइएको छ ।

रास्वपाका सांसद मनिष झा शिक्षक, चिकित्सक, लघुवित्त पीडित समेत आन्दोलनमा रहेको स्मरण गर्छन् । विपक्षी दलहरूले यस्तो बेला जनताको आवाज सही ढंगले उठाउन सक्नुपर्ने र यस निम्ति आफूहरूको प्रयास रहने झाको जवाफ छ ।

विपक्षी दलका सांसदले आफ्नो चासो र विज्ञताको आधारमा खबरदारी र सुझाव दिनुपर्ने र यस निम्ति आफूहरू तयार रहेको उनले जनाए ।

विपक्षी दलहरूले संयुक्त बैठकको तयारी समेत गरेका छन् । विपक्षमा रहेका दलहरूको संयुक्त बैठक बसेर साझा अजेन्डामा संसद्‍मा सहकार्य गर्ने तयारी रहेको छ ।

विपक्षी दलहरूले साझा अजेन्डा बनाउँदा माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादीबीच छलफलको तयारी भएको छ ।

यो पनि पढ्नुहोस्

नेकपा(बहुमत)ले असोज ५ देखि १० मा राष्ट्रिय सम्मेलन गर्ने

नेकपा(बहुमत)ले असोज ५ देखि १० मा राष्ट्रिय सम्मेलन गर्ने

२ घण्टा अगाडि
भाेलि एमालेकाे सचिवालय बैठक बस्दै

एमालेकाे पार्टी सदस्यता प्रणालीला पूर्णरूपमा ‘डिजिटल’ बनाइँदै

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

खसी तस्करीमा आएन कमी

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक