काठमाडौं, १० वैशाख 2 काठमाडौं, तारकेश्वर नगरपालिका-५ मुड्खु चेकपोष्ट नजिक सडकमा बा.५७ प ६१६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका-३ मुड्खु बस्ने काठमाडौं सिनामंगल घर भएका २९ वर्षीय सुरज हुमागाईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । मोरङ, कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा को.१ ख ७४८२ नम्बरको बसले स.४ प ५८४१ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार उदयपुर बेलका नगरपालिका-४ बस्ने ५५ वर्षीया कुमारी आचार्यको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


