शुक्र, साउन २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ट्रम्प मुखाकृति ट्वाइलेट ब्रसको बिक्री !

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
ट्रम्प मुखाकृति ट्वाइलेट ब्रसको बिक्री !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अमेरिका र चीन बीचको टयारिफ युद्ध चर्किरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खिसीट्युरी गर्दै डिजाइन गरिएको एउटा ट्वाइलेट ब्रसको चिनियाँ बजारमा व्यापक मत्रामा बिक्री बढेको छ।

हुन त पहेंलो रंगको ट्रम्प ट्वाइलेट ब्रस नयाँ होइन। ट्रम्पको मुखाकृति ट्वाइलेट ब्रसको ह्याण्डिलको तलपट्टि कुँदिएको छ। यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालदेखि नै चिनियाँ बजारमा उपलब्ध थियो।

चीन र अमेरिकामा ट्रम्पको लोकप्रियता बढेसँगै चिनियाँ कारखानाहरूले ट्रम्पको थिममा आधारित विभिन्न सामान उत्पादन गरिरहेका थिए। तर, अहिले परिस्थिति फेरिएको छ।

ट्रम्पले चिनियाँ वस्तुहरूमा भारी भन्सार शुल्क लगाएका कारण उनीप्रति रोष प्रकट गर्नका लागि अहिले धेरै चिनियाँहरुले उक्त प्यारोडी ट्वाइलेट ब्रस किनिरहेका छन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार, ‘यीउको प्रतिआक्रमण’ले चर्चित अभियानका रूपमा ट्रम्प ट्वाइलेट ब्रसको बिक्री उल्लेख्य रूपमा बढेको छ।

चीनको यीउ सहरमा साना कारखानाहरू छन्, जहाँ ट्रम्प–थीममा आधारित ट्वाइलेट ब्रसजस्ता सस्ता प्लास्टिक सामग्रीहरू उत्पादन गरिन्छन्। त्यसैले ‘यीउको प्रतिआक्रमण’ भन्ने अभियानलाई ट्रम्पका भन्सार शुल्कबाट प्रत्यक्ष प्रभावित चिनियाँ उत्पादकहरूलाई देशले दिएको समर्थनको रूपमा हेरिएको छ।

यस हप्ता इन्टरनेटमा भाइरल भएका ती ट्वाइलेट ब्रसहरू १३.९ युआन (झण्डै १.९ अमेरिकी डलर) देखि १८.९ युआन (करिब २.६ डलर) सम्ममा बिक्री भइरहेका छन्।

अमेरिका र चीन बीचको ट्यारिफ युद्ध चर्किएदेखि नै चीनमा अमेरिकी विरोधी भावना बढ्दै गएको छ। चिनियाँ सामाजिक सञ्जालमा अमेरिकी नागरिकलाई लक्षित गर्ने सूचना फैलिएका छन्, र केही व्यवसायहरूले अमेरिकी भन्सार शुल्कको प्रतिकारको रूपमा आफ्ना प्रड्कटमा पनि अतिरिक्त शुल्क राख्ने निर्णय गरेका छन्।

हुवेई प्रान्तको उहानमा एउटा रेस्टुरेन्टले प्रवेशद्वारमा एउटा सूचना राखेर ध्यान आकर्षित गरेको छ। जसमा लेखिएको छ, ‘अमेरिकी ग्राहकहरूलाई १०४% थप सेवा शुल्क लाग्नेछ। यदि तपाईंलाई कुनै गुनासो छ भने, कृपया अमेरिकी दूतावाससँग सम्पर्क गर्नुहोस्।’ एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्

याे हाे आफ्नै विश्व कीर्तिमान तोड्ने  बुलेट !

याे हाे आफ्नै विश्व कीर्तिमान तोड्ने बुलेट !

१५ घण्टा अगाडि
भारतबाट ६ महिना २२ दिन घर्संदै पशुपतिनाथ आइपुग्ने भक्त !

भारतबाट ६ महिना २२ दिन घर्संदै पशुपतिनाथ आइपुग्ने भक्त !

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचवटा संसदीय समितिको बैठक बस्दै

गोपनीयतासम्बन्धी कसुरमा गिरफ्तार गरेको बारेमा ध्यानाकर्षण

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मलेसियामा २२ जना नेपाली पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक