काठमाडौं । भारतको काश्मिरमा मारिएका बुटवलका २३ वर्षीय सुदिप न्यौपानेको पार्थिव शरीर अन्त्येष्टिका लागि त्रिवेणी लगिएको छ ।
काश्मिरस्थित अन्नन्तनाग जिल्लामा मंगलबार भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका न्यौपानेको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै बुटवलस्थित घर ल्याइएको थियो ।
घरमा केहीबेर राखेपछि अन्त्येष्टिका लागि त्रिवेणी लगिएको छ । सुदिप शनिबार आफ्नी आमा, बहिनी र ज्वाइँसँग घुमघामका लागि काश्मिर गएका थिए । उनीहरू आतंककारीहरूको योजनाबद्ध हमलाको शिकार बनेका छन् ।