काठमाडाैं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको युवा उत्सव अर्थात् ‘युथ सेलिब्रेशन’ सहित प्रदर्शन गरेका छन् ।
लोकतन्त्रलाई उत्सवको रूपमा मनाउन युवाअघि बढ्नुपर्छ भन्ने धारणाले एमालेभित्र रहेका ४० वर्षमुनिका एक लाख युवालाई सडकमा ल्याउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमस्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन भएका छन् ।


