मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार पूर्णत: प्रतिबद्ध छ : मन्त्री यादव

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार पूर्णत: प्रतिबद्ध छ : मन्त्री यादव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
जुम्ला । खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको जुम्ला जिल्लावासीका समस्याको दीर्घकालीन, दिगो र प्रभावकारी समाधानका लागि संघीय सरकार पूर्णत: प्रतिबद्ध रहेको बताउनु भएको छ ।
आज जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाको आयोजनामा सञ्चालित संयुक्त बृहत वास सम्मेलन तथा देवारगाँउ तल्लो बस्ती पूर्ण सरसफाई उन्मुख घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली भाषाको उत्पती भएको जिल्ला इतिहासको पानामा नाम लेखाएको जुम्ला जिल्लालाई विकासमा पछि नपारिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “आज म पहिलो पटक देशको दुर्गम, हिमाली अनि नेपाली भाषाको उत्पती भएको जिल्ला जुम्लामा आएको छु । भौगोलिक रुपमा विगट जिल्ला भएपनि इतिहासमा यो जिल्लाको योगदान महत्वपूर्ण छ । यहाँको विकासका लागि संघीय सरकार पूर्णत: प्रतिबद्ध छ ।”
यसैगरी मन्त्री यादवले विभिन्न कला, संस्कृतिको धनी जिल्ला जुम्लाको विकासका लागि आफ्नो पूर्ण साथ र सहयोग रहने तथा यहाँका नागरिकलाई शुद्ध, स्वच्छ अनि सफा पानी वितरण गर्ने आफ्नो जिम्मेवारी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “म मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने र मधेसमा मेरो घर भएपनि कर्णालीप्रति मेरो मायाँ छ । विकासका लागि अब कर्णाली पछाडी पर्ने छैन् । म सोही अनुसार यहाँ काम गर्ने छु । कर्णाली प्रदेश पछाडि परेको छैन । कर्णाली सहित जुम्लावासीलाई प्रयाप्त वजेट विनियोजन गरिने छ ।”
रु १ अर्ब २५ करोडको लागतमा निर्माण भइरहेको जुम्लाको धौलीगाढ खानेपानी आयोजना एक वर्षमै निर्माण सम्पन्न हुने मन्त्री यादवको भनाई थियो । “जग्गाको समस्याले उक्त परियोजना निर्माणका केही ढिलाई भएको हो । उक्त परियोजनामा बजेटको कमि हुने छैन । खानेपानी मन्त्रालयले सो परियोजनामा प्रर्याप्त बजेट विनियोजन गरेको छ । ढुक्क हुनुस् एक वर्षमा यो परियोजना निर्माण सम्पन्न हुने छ,” उहाँले भन्नुभयो ।
जुम्ला जिल्लामा सञ्चालनमा रहेका खानेपानीका डिपिआर परियोजना अगाडी बढेको र परियोजना सञ्चालनमा आएसँगै यहाँका नागरिकको समस्या दीर्घकालिन रुपमा समाधान हुने मन्त्री यादवले बताउनुभयो ।
जुम्लाका नागरिकहरुका सडकका समस्या समाधानका लागि आफुले माथिल्लो निकाय सम्म पहल चाल्ने आश्वासन दिलाउनुभयो । उहाँले भन्नुभयो, “सडक कालोपत्रका लागि म सम्माननीय प्रधानमन्त्री ज्यूसँग सल्लाह गर्ने छु । यहाँका नागरिकको सडकको समस्या समाधान गर्न मैले पहल गर्ने छु ।”
जुम्लाको अर्गानिक एवं पौष्टिक तत्वले भरीपूर्ण जुम्ली स्याउ अब स्वदेशमा मात्रै सिमित नभएर विदेशमा पनि निर्यात गर्नु पर्ने मन्त्री यादवको भनाई छ । उहाँले भन्नुभयो, “हिमाली माटोको सुगन्धले भरिएको, संस्कृतिको उज्यालो ज्योति फैलिएको, जुम्ला जिल्लामा उत्पादित स्याउ अब विदेश निर्यात गराउनु पर्छ । यहाँको स्याउ देश विदेशमा चिनाउनु पर्छ ।”
जुम्ला जिल्लामा सञ्चालनमा रहेका खानेपानी योजनाहरूलाई शीघ्र सम्पन्न गरी शुद्ध, सुरक्षित र भरपर्दो खानेपानी सहज रूपमा उपलब्ध गराउने वातावरण निर्माण गरिने मन्त्री यादवले प्रतिद्धता जनाउनु भएको थियो ।
सोही कार्यक्रमा बोल्नु हुँदै सभाको अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले संघीय सरकार र स्थानीय तहबीच गहिरो समन्वय र सहकार्यका साथ जुम्लाको समृद्धि र विकासमा नयाँ युगको सुरुवात गर्ने दृढ अठोट रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विकासमा पछाडि परेको कर्णालीको जुम्ला जिल्लामा असङ्ख्य स्रोत साधन छन् । जुम्लावासीको उज्यालो भविष्यका लागि संघ, प्रदेश सरकारसँग हामी सधै सहकार्य गर्नेछौँ ।”
यसैगरी कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्य,सिंजा गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धिताल लगायतले जुम्लाको विकासका लागि सबै एकजुट हुनु पर्ने धारणा राख्नु भएको थियो ।
उक्त कार्यक्रममा खानेपानीमन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाह लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

५ घण्टा अगाडि
विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार

विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

यस्ताे छ माैसम

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक