मङ्ल, फाल्गुन २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

एमालेको सम्मान पाएकाहरु र एमाले नेतृत्व !

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
दलका नेताहरुलाई स्वतन्त्रता नपचेको हो त ? पूर्वराजाको सक्रिय बन्ने सन्देश !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सात जना कम्युनिस्ट योद्धालाई आफ्नो दल स्थापना दिवसको अवसर पारेर सम्मान गर्दै छ ।
यसरी सम्मान गरिने व्यक्तित्वहरूमा क्रमशः लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ) र हरिचरण शिवाकोटी (झापा) छन् ।
एमालेले नेपाली कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेका उक्त ७ जना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय नै गरेको छ ।

तर एमालेले आफ्नो लाज छोप्न यो कसरत गरिरहेको छ । कम्युनिस्ट योद्धालाई सम्मान भने पनि वास्तवमा यो नाटक मात्रै हो । आफूलाई असल कम्युनिस्टको दाबी गर्ने एमाले र यसको नेतृत्वले यथार्थमा बाटो बिराउँदै गएको छ । पछिल्लो समय त नेपाली कांग्रेसको स्वार्थमा घिसारिएको छ ।

वर्तमान एमाले नेतृत्व अर्थात् अध्यक्ष केपी शर्मा ओली नेपाली कम्युनिस्ट आन्दोलनप्रति कतिसम्म बेपर्वाह छन् भन्ने पछिल्ला केही वर्षयताका उनका गतिविधि हेरे पुग्छ । सत्ताका लागि उनले कम्युनिस्ट एकता र आन्दोलनलाई बिर्सिने मात्र होइन, हदसम्म जान पनि तयार रहेको पुष्टि गरिसकेका छन् । अहिले जे देखिइरहेको छ, त्यसले नै यसलाई देखाउँछ । फन्डा गर्न जानेका एमाले नेताहरुबाट पाउने सम्मानले के कति अर्थ राख्छ भन्ने त सम्मान पाउनलागेकाहरुले पनि बुझेकै होलान् । त्यतिमात्र होइन, कम्युनिस्ट आन्दोलनलाई मलजलको साटो विष छर्ने पार्टीबाट प्राप्त हुने सम्मानले आत्मसन्तुष्टि पनि दिँदैन ।

कम्युनिस्ट एकतामा अडिन नसक्ने अनि कम्युनिस्ट आन्दोलनलाई नै कमजोर पार्ने गरी कांग्रेससँग लतारिने एमाले पंक्ति यस्तै नाटक मञ्चनमा व्यस्त देखिन्छ । यसले अन्ततः नेपाली कम्युनिस्ट आन्दोलनलाई धराशायी बनाउनेमा दुई मत छैन । सत्ताको स्वादमा अर्को कम्युनिस्ट पार्टीलाई धोखा दिएर गुण र प्रकृति नै नमिल्ने दलसँग अंकमाल गर्दै रमाइरहेको एमालेकै कारण नेपाली कम्युनिस्ट आन्दोलन धराशायी भइरहेकोमा दुई मत नै छैन । यसले अन्ततः नेपाली कम्युनिस्ट आन्दोलन थप कमजोर बन्दै गएको छ ।

मूलतः एमाले नेतृत्वमा एकाधिकार र आन्तरिक विवादको हल गर्न नसक्ने क्षमता, वैचारिक विचलनजस्ता समस्या छन् । क्रान्तिकारी एजेन्डालाई कहिल्यै प्राथमिकतामा नराख्ने, एक भएको ठूला कम्युनिस्ट पार्टीलाई जोगाउनभन्दा भत्काउन भूमिका खेल्ने, सामूहिक भन्दा एकल निर्णयमा रमाउने, समन्वय गर्न नसक्नेजस्ता समस्या एमाले नेतृत्वमा देखिन्छ ।

जबसम्म यी कुराहरुलाई एमाले नेतृत्वले मनन गर्न सक्दैन तबसम्म नेपाली कम्युनिस्ट आन्दोलनलाई हुर्काउनभन्दा बिगार्न मात्र एमालेको भूमिका रहने निश्चित छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु

मिसाइल प्रहारबाट थप एक जना इजरायलीको मृत्यु

१ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचकमा गिरावट

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लायन्स क्लबबाट १११ जना महिलाहरुलाई बिशेष सम्मान

अमर बहादुर मालीकाे ‘ज्ञानमाला संगीत सन्ध्या २०८२’ हुने

धनुषा–१ को निर्वाचन विवादवारे आफ्नो प्रारम्भिक दृष्टिकोण दिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक