सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एमालेका बिन्दा पाण्डे र उषाकिरण तिम्सेना निलम्बन अनौठो

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
एमालेका बिन्दा पाण्डे र उषाकिरण तिम्सेना निलम्बन अनौठो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  नेकपा एमालेले पार्टी अनुशासन उलङ्घन गरेको भनेर स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिने निलम्बनको निर्णय गरेपनि ४ महिना पुग्न लाग्दासमेत कुनै औपचारिक पत्र नदिएको पाइएको छ ।

पाण्डे र तिम्सेना दुबै अहिले हालसम्म (बुधबार) पार्टीले लिखित पत्र नदिएको खुलाएका हुन् । पाण्डेलाई त ओलीले मंगलबार बालुवाटार बोलाएकै भेट गरेका थिए ।

भेटका क्रममा पाण्डेले पार्टीले गरेको भनिएको निलम्बनबारे चासो राख्दै चिठी नै नपाएको बताएकी थिइन् । बालुवाटार स्रोतका अनुसार पाण्डेले निलम्बनको पत्र नै अहिलेसम्म नपाएको र कहिलेदेखि फुकुवा हुन्छ भन्ने नै आफूलाई थाहा नपाएको भनेपछि ओलीले आश्चार्य व्यक्त गरेका थिए । त्यतिमात्रै होइन चिठी नै नपाए त कारबाही नहुने समेत बताएको स्रोतको भनाइ छ ।

यस्तै तिम्सेनाले पनि आफूले अहिलेसम्म निलम्बनबारेको कुनै पत्र नपाएको बुधबार बताइन् । ‘आउला आउला भन्दा अहिलेसम्म पत्र आएको छैन । त्यतिबेला पार्टीको निर्णय जे सुनिएको थियो त्यो भन्दा बढी थाहा छैन’, उनले भनिन्, ‘जसलाई कारबाही भनिएको छ, एमालेजस्तो पार्टीले तपाईंहरुलाई गरिएको कारबाही यस्तो हो, अब यसरी लाग्नुहोस् भनेर भन्नुपर्ने हो । केही भनिएको छैन ।’

पार्टीले निलम्बनको निर्णय गरेको वैशाख १० गते ४ महिना पुग्ने उल्लेख गर्दै उनले सो हिसाबले निलम्बनको म्याद असार १० सम्म भएको आफूहरूको बुझाइ रहेको बताइन् । तर, कारबाही भर्चुअल जस्तो भएको आफ्नो बुझाइ रहेको उल्लेख गर्दै उनले अब भने पत्र नदिएकोबारे पार्टीका महासचिवसहितका जिम्मेवार नेताहरुसँग सोध्ने बताइन् ।

‘यस्तो धेरै तजबिजको निर्णय नहुनुपर्ने हो । यसबारे अबचाहिँ म महासचिवसहितका कमरेडहरुसँग सोध्छु’, उनले भनिन् ।

भाटभटेनीका मालिक मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाइदिने निर्णयको विरोध गरेको भन्दै एमालेले पुस १० गते दुबै जनालाई अनुशासनको कारबाहीको निर्णय गर्दै पदबाट ६ महिना निलम्बन हुने बताएको थियो ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

२ दिन अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

ललितकला क्याम्पसमा मूर्ति शिलान्यास गरेकोमो आपत्ति

प्रधानमन्त्री बालेनकाे समकक्षी मोदीबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक