सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य मार्केट

पूर्वराजालाई स्पष्टीकरण लिने नीतिगत व्यवस्था छैन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
पूर्वराजालाई  स्पष्टीकरण लिने नीतिगत व्यवस्था छैन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । संसद् सचिवालयले पूर्वराजालाई संसदीय समितिमा बोलाएर स्पष्टीकरण लिने नीतिगत व्यवस्था नभएको जनाएको छ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पूर्वराजालाई समितिमा बोलाउने विषय सांसदहरुको व्यक्तिगत धारणा रहेको जनाए।

उनले भने, ‘समितिले कार्यसँग सम्बन्धित विषयमा बोलाउनै नसक्ने भन्नेकुरा हुँदैन। तर, कतिपय राजनीतिक विषयमा त्यसरी बोलाएको रेकर्ड हामीसँग छैन। समितिमा कस्तो विषयमा बोलाउने भन्ने कुरा अभ्यासमा पनि निर्भर गर्दछ। धेरै पोल्टिकल इस्युजहरुमा समितिमा बोलाएर छलफल भएको र समितिले निकास निकालेको छैन। त्यस्तो उदाहरण भेटिँदैन।’

संसदीय समितिका कामकारबाहीको बारेमा नियमावलीमै व्यवस्था गरिएको हुने र त्यही व्यवस्थामा टेकेर मात्रै काम कारबाही अघि बढ्न सक्ने उनले जनाए।

उनले भने, ‘संसद्को एउटा समितिका काम कारबाहीहरुको सन्दर्भमा खासगरी सभाको नियमावलीमा व्यवस्था गरिएको हुन्छ। सभाको हकमा पनि नियमावलीमै हुन्छ, संविधान, सभाको नियमावली नै सभा र समितिले काम कारबाहीका लागि टेक्ने आधारहरु हुन्।’

संसदीय समिति सरकारलाई संसद्‌प्रति उत्तरदायी बनाउने ओजार भएकोले मन्त्री, कर्मचारीहरूलाई बोलाइने उनको धारणा थियो। उनले थपे, ‘विषय विज्ञ आवश्यक छ भने बोलाउने गरेको छ। कहिले कहिले सरोकारवाला पक्षहरुलाई पनि बोलाइन्छ कानून निर्माणको सन्दर्भमा। निगरानी अर्को काम हो।

सरकारलाई संसदप्रति उत्तरदायी बनाउने औजार हो। त्यसैले सरकार, सरकारका मन्त्रीहरु, कर्मचारीहरुलाई समितिमा बोलाइन्छ। मन्त्री त समितिको पदेन सदस्य हुने व्यवस्था नै छ। प्रधानमन्त्री समितिको पदेन सदस्य हुने व्यवस्था नै छ। त्यसरी समितिले निगरानीको सन्दर्भमा आवश्यकताअनुसार बोलाउँछ।’ चैत्र २९ गतेको कानून, न्याय तथा मानव अधिकार समितिमा सांसदहरुले पूर्वराजा शाहलाई तीनकुने घटनाको जिम्मेवार बनाइनुपर्ने र संसदीय समितिमा बोलाएर स्पष्टीकरण लिनुपर्नेसम्मको माग गरेका थिए।

नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेस सांसद जीवन परियारलगायतका अन्य केही सांसदहरुले पूर्वराजालाई घटनाको जिम्मेवार बनाउँदै समितिमा स्पष्टीकरणका लागि बोलाउन माग गरेका थिए। तर, संसद् सचिवालयका अनुसउार अहिलेसम्मको समितिको रेकर्डमा राजनीतिक विषयमा संसदीय समितिमा बोलाएर स्पष्टीकरण लिइएको छैन।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

घट्यो सेयर काराेबार

६ दिन अगाडि
नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक