सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुमित्रा खवासले ‘एच्यु हेयर ओयल ब्युटिसियन सिजन ७’को जितिन्

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सुमित्रा खवासले ‘एच्यु हेयर ओयल ब्युटिसियन सिजन ७’को जितिन्
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ‘एच्यु हेयर  ओयल  ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५, सिजन ७’को उपाधि विराटनगरकी ब्युटिसियन सुमित्रा खवासले चुमेकी छिन् । बिहीबार अबेर साँझ ललितपुरको च्यासल स्थित ज्यापु एकेडेमी भवनमा सम्पन्न यो प्रतियोगितामा शीर्ष उपाधिसहित सुमित्राले २५ हजार रुपैयाँ र विभिन्न पुरस्कार समेत प्राप्त गरेकी छिन् । उनले भिवर्स च्वाईस र इन्टेलिजेन्ट ब्युटिसियनको अवार्ड पनि चुमिन् ।

‘एच्यु हेयर वेयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५, सिजन ७’ लागि २२ जना चयन भएको विभिन्न चरणको प्रतिस्पर्धापछि फाइनल राउन्डको लागि १५ जना चयन भएका थिए । उनीहरू बिचको प्रतिस्पर्धामा धादिङकी ब्युटिसियन सुजिता अधिकारीले १५ हजार रुपैयाँसहित फस्ट रनर अपको उपाधि र विभिन्न उपहार जितिन् । उनले ट्यालेन्ट ब्युटिसियनको अवार्ड पनि हासिल गरिन् । १० हजार रुपैयाँसहित सेकेन्ड रनर अपको उपाधि धरानकी ब्युटिसियन स्मृति सुब्बाले प्राप्त गरिन् । स्मृतिले वेस्ट ड्रेस र वेस्ट क्याटवाकको उपाधि पनि हासिल गरिन् ।

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.द्धारा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५, सिजन ७’मा थर्ड रनरअपसहित वेस्ट मेकअव अवार्ड रचना बज्राचार्यले, पब्लिक च्वाईस र मष्ट ब्युटिफुल अवार्ड रविना ठकुरीले म्यानेजमेन्ट च्वाईससहित वेस्ट नेलआर्ट अवार्ड रोशनी पुजारीले हासिल गरे ।

सो प्रतिस्पर्धामा मष्ट डिसिप्लेन अवार्ड निशा रजकले, वेस्ट मेहन्दी आर्ट अवार्ड स्नेहा चौधरीले, मष्ट फोटोजेनिक अवार्ड दुर्गा सुवेदीले, वेस्ट फिगर अवार्ड सुजिता दयालले, वेस्ट आई अवार्ड सपना रसाइलीले, वेस्ट हेयर स्टाईलिष्ट अवार्ड अञ्जली चौधरीले, मष्ट स्मार्ट अवार्ड रेशु आचार्यले, मष्ट इन्नोसेन्ट अवार्ड मनसरा राईले र हेल्दी हेयर अवार्ड निर्मला पौडेलले प्राप्त गरे ।

जयन सुब्बा मानन्धरको कोरियोग्राफी, कस्मोलोजिस्ट परिषी कारंजितको संयोजन एवम् यस प्रतियोगिताको पहिलो सिजनको विजेता एवम् गायिका सरिता भारतीको व्यवस्थापनमा यो प्रतियोगिता भएको थियो । प्रतियोगिताको ग्रान्ड फिनालेको निर्णायकमा गणेशमान सिंह प्राविधिक शिक्षालयका प्रिन्सिपल डिएन पराजुली, अभिनेता यसराज गराच, फेशन डिजाइनर तथा पूर्व मिसेस् युनिभर्स नेपाल मनीषा डंगोल श्रेष्ठ, अन्तर्राष्ट्रिय फेशन कोरियोग्राफर अश्विनी कान्त, एच्यु हेयर ओयलकी प्रबन्ध निर्देशक विमला मानन्धर र अग्रज ब्युटिसियन निशा शाक्य थिए ।

कार्यक्रममा प्रमुख अतिथि अग्रज अभिनेता भुवन केसीले विलक्षण क्रियसन र रोज ब्युटी एकेडेमीले ब्युटिसियनहरुको लागि यो एउटा महत्त्वपूर्ण कार्यक्रम गर्दै आएको बताए । उनले विजेताहरूलाई बधाई ज्ञापन गर्दै मेकअप आर्टिस्टकै कारण आफूहरू पर्दामा राम्रो देखिँदै आएको बताए । आयोजक संस्था रोज ब्युटी एकेडेमीकी अध्यक्ष एवम् अग्रज ब्युटिसियन सोनी कारंजितले ब्युटिसियनहरुको व्यक्तित्व विकासको लागि विगत ८ वर्षबाट नियमित रूपमा यो प्रतियोगिता आयोजना गर्दै आएको बताइन् । अर्का आयोजक एवम् विलक्षण क्रियसन प्रा.लि.का अध्यक्ष तथा पत्रकार, गीतकार डब्बु क्षत्रीले सबैलाई धन्यवाद ज्ञापन गर्दै यो प्रतियोगितामा सहभागी भएर धेरै जना व्युटिसियनहरुको जीवनमा परिवर्तन आएको बताए ।

अग्रज अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौलले पनि कार्यक्रममा विजेताहरूलाई शुभकामना दिँदै यो कार्यक्रम ब्युटिसियनहरु का लागि  आउँदा दिनमा निरन्तर अघि बढाउनु पर्छ भनिन् । विभिन्न सांगीतिक प्रस्तुति सहित भएको यो कार्यक्रममा अग्रज संगीतकार एवम् बाँसुरी वादक सुशील कुमार विश्वकर्मा, अग्रज चलचित्र निर्देशक सुचित्र श्रेष्ठ, अग्रज सञ्चारकर्मी जानुका बराल, अग्रज नृत्य निर्देशक केशव कोइराला, गायक नवीन कुमार पौडेल र फेशन डिजाइनर सञ्चिता बराल सो कार्यक्रमका सम्मानित भए । यस्तै ब्युटिसियन क्षेत्रबाट अग्रज ब्युटिसियनहरु सनम खड्गी, हिरा राई र अनिषा तामाङ सम्मानित भएका थिए ।

कार्यक्रममा यो मन त मेरो नेपाली होका अभिनेता रोशन श्रेष्ठले फिल्मको शीर्ष गीतमा आफ्नो प्रस्तुति दिएका थिए । यस्तै अग्रज गायिका सत्यकला राई, गायकहरु डेभिड शंकर, ओम सुनार, सानुबाबु महर्जन, नारायण थापा, रमेश पाठक, नवीन कुमार पौडेलले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय तुल्याएका थिए । कार्यक्रमका नृत्य निर्देशक कृष्ण रसाल र मोडल शिला गजुरेलले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेर दर्शकलाई आफूसँगै नचाएका थिए ।

एच्यु हेयर ओयलको मुख्य प्रायोजनमा सम्पन्न यस कार्यक्रमको सपोर्टरमा जाभिरा कस्मेटिक, किम्बो केराटिन, अक्सिग्लो, स्किन भिटा, नेप्लिज फेशन होम, चिरायु डेन्ट केयर, डि भ्याली रेस्टुरेन्ट एन्ड बार, खल्ती एप, भेल्भेट औरा, सिस्टर बुटिक, लन्डन फेशन हाउस, हिमालयन ब्रुअरी, कपाकस्मिरी सललगायत थिए । कार्यक्रमलाई सेसेमी लिम्बुले सञ्चालन गरेकी थिइन् ।

यो पनि पढ्नुहोस्

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

१ दिन अगाडि
सुनील थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

सुनील थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

ललितकला क्याम्पसमा मूर्ति शिलान्यास गरेकोमो आपत्ति

नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक