आइत, बैशाख ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनताले महसुस गर्नेगरी विकासका कामहरू गर्नुपर्नेमा जाेड

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
जनताले महसुस गर्नेगरी विकासका कामहरू गर्नुपर्नेमा जाेड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महसुस गर्नेगरी विकासका कामहरू गर्नुपर्ने जनाएका छन् ।

बिहीबार अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१औँ वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले प्रचारबाजीको लागि मात्र नभएर जनताले महसुस गर्ने गरी नै काम गरेर देखाउने समय आइसकेको जनाए ।

‘अब हामीले खाली प्रचारबाजीको लागि यो गर्‍यौँ ,त्यो गर्‍यौँ भन्ने होइन कि जनताले महसुस गर्ने गरी नै  काम गरेर देखाउने समय आइसकेको छ। त्यो अनुसार हामीले काम अगाडि बढाउनुपर्छ। जे जति योजनाहरू हामीले अहिले सम्पन्न गरेको छौँ । त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी भएको कामहरूलाई अगाडि बढाउँदा जनतालाई सुसूचित गराउनुपर्छ।’ उनले भने ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले बाग्मती नदी किनारमा रहेका मन्दिरहरूको पुनर्निर्माण र जीर्णोद्धार गरिएको पनि उनले जनाए । धेरै सम्पदाहरू रहेको बाग्मती नदी किनारमा हेरिटेज वाकको चर्चा भए पनि काम प्रभावकारी हुन नसकेकोप्रति उपप्रधानमन्त्री सिंहले असन्तुष्टि व्यक्त गरे ।

‘हेरिटेज वाकलाई कार्यान्वयन गर्नका लागि कहाँ कहाँ कमजोरी भएका छन्, काम भइरहेको तर सदुपयोग हुन सकेको छैन । हेरिटेज वाक शीर्षकमा पढ्छौँ तर आम नेपाली जनतालाई अत्तोपत्तो छैन ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘कुनै पनि काम गर्दा स्थानीयहरू, स्थानीय पालिका,वडालाई पनि साथैमा लिएर, उहाँहरूलाई चित्त बुझाएर हामीले काम गर्दा राम्रो हुन्छ भन्ने पाठ सिक्नुपर्छ ।’

हेरिटेज वाकदेखि कोरिडोरलाई व्यवस्थित गर्ने र वर्षाको समयमा देखिएको बाढीको नियन्त्रण गर्ने, नदी सफा गर्नेलगायतका काम तत्काल गर्नुपर्नेमा पनि सिंहले जोड दिए ।

त्यस्तै उनले नदीहरूको करिडोर बनाउने काम प्रभावकारी रूपमा अगाडि बढाउने पनि जनाए । काठमाडौं उपत्यकाका नदीहरु फोहोर हुँदा दुर्गन्ध फैलिएको भन्दै उनले अब आउने बजेटमा बागमती, विष्णुमतीलगायतका सबै नदीमा दुर्गन्ध हटाउन र स्वच्छ बनाउन आवश्यक योजना बनाएर अघि बढ्ने पनि जनाए ।

उनले भने, ‘हामीले गर्ने भनेको नदीहरूलाई स्वच्छ बनाउन, दुर्गन्ध हटाउन हामीले गर्नुपर्ने के हो त्यसमा योजना बनाएर अगाडि बढ्ने बाहेक हामीसँग अरु उपाय छैन । नदीहरूको करिडोर बनाउने जुन काम छ । त्यसलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउनको लागि सबैसँग समन्वय गरेर व्यवस्थित रूपमा सुरु गर्न लाग्नुपर्छ । ’

यो पनि पढ्नुहोस्

सुधारको ग्यारेन्टी लिएर उभिएको छु : सभापति थापा

सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने

२० घण्टा अगाडि
साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संयुक्त राष्ट्रसङ्घको बाध्यकारी दायित्व

सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने

नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक