काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज दिउँसो र बेलुका गरी २ खेलहरू हुनेछन् ।
पहिलो खेलमा अपरान्ह पौने ४ बजेदेखि चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्स खेल्ने छन् । खेल चेन्नईस्थित एमए चिदाबरम स्टेडियममा हुनेछ ।
त्यस्तै आजको दोस्रो खेलमा अर्को अपराजित टोली पञ्जाब किङ्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । पञ्जाबको घरेलु मैदान मुल्लानपुरमा उक्त खेल बेलुका पौने ८ बजे सुरु हुनेछ ।
अंकतालिकामा हाल पञ्जाब किङ्स शीर्षस्थानमा छ भने दिल्ली क्यापिटल्स दोस्रोमा रहँदा चेन्नई सुपर किङ्स आठौं र राजस्थान नवौं स्थानमा छन् ।

