काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट हटाइएका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकाल गौरवपूर्ण रहेको जनाएका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङ्ले एक कर्मचारीमाथि राज्यसंयन्त्र कुन हदसम्म लागेको थियो भन्ने विषय प्रष्ट रहेको बताउँदै उनले आफ्नो कार्यकाल स्वर्णीम रहेको बताएका छन् । ‘नेपालको कानुनले निर्दिष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खनिएको थियो ? कस्को स्वार्थ र सेवामा ममाथि जाइलागेको थियो भन्ने विषयमा नेपाली जनता आफैँ प्रष्ट हुनुहुन्छ ।
प्राधिकरणको कार्यकारी निर्देशकलाई गाली गर्न राज्यका जिम्मेवार व्यक्तिहरुले नै सार्वभौम संसदको रोष्ट्रम कसरी सदुपयोग वा दुरुपयोग गरे ? नेपाली जनता आफै प्रत्यक्षदर्शी हुनुहुन्छ ।’,
घिसिङले भने, ‘तर त्यसवाट म उत्तेजित वा हतोत्साहित भएको छैन । किनकि एक इमानदार राष्टसेवकका रुपमा मैले आफनो कार्यकाल समीक्षा गर्दा पछुतो गर्नुपर्ने कुनै काम गरेको छैन, अवसर र अधिकारलाई सदुपयोग गर्ने एक क्षण पनि खेर फालेको छैन ।’